"2513058968709111" /> गुल्मीको रुरुमा देशकै नमुना पुलको शिलान्यास गरियो ।। - अनिश शर्मा गैरे
Breaking News
recent

गुल्मीको रुरुमा देशकै नमुना पुलको शिलान्यास गरियो ।।

मङिस्र १५
  गुल्मीको प्रशिद्ध धार्मिक क्षेत्र रुरुमा वन्न लागेको देशकै  नमुना तिन मुखे झोलुङ्गे पुलको आज शिलन्यास गरिएकोे छ । गुल्मीको रिडी , श्याङ्गजा र पाल्पा जोड्ने तिन मुखे झोलुङ्गे पुलको आज दिउँसो गुल्मी क्षेत्र नम्वर २ का सभाषद चन्द्र भण्डारी र नेपाल सरकारको मुख्य सचिव लिलामणी पौड्यालले सयुंक्त रुमा शिलान्यास गरेका हुन् ।
    ९ करोड ८८ लाख २६ हजार २ सय २२ रुपैयाँ लागतमा बन्ने उक्त पुल ३ वर्षमा बन्ने सम्झौता भए पनि मुख्य निर्माण व्यवसायी महेन्द्र अधिकारीले  दुई वर्षमै सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन् । रुरुको कालिगण्डकी नदि माथी निर्माण गरिने उक्त पुलको स्याङ्गजा पाल्पा र गुल्मीमा एक एक वटा खम्वा रहने बताईएको छ । 
  जानकारहरुका अनुसार यस्तो पुल एशियामा चाईनाको हेवई, जापानको हिरोसिमा वाहेक अन्यत्र छैन् । त्यस्तै युरोपको स्विजर ल्याण्ड, फ्रान्स र अमेरिका सहित यस्ता पुल विश्वमा जम्मा ३५ वटा मात्रै भएको जानकारहरु बताउछन् । गुल्मीको रुरु, पाल्पाको अर्गली र स्याङ्गजाको चण्डी भञ्ज्याङ्ग गाविसमा यस पुलका मुुुुुखहरु हुनेछन् ।
    उक्त पुल एशियामहादेशकै अनुपम संगमस्थल कहलिने बताईन्छ । पुलको शिलान्यास गर्दै प्रमुख अतिथी सभाषद चन्द्र भण्डारीले चारधाम मध्ये एक धाम मानिने पवित्र तिर्थ स्थल रुरु क्षेत्रको पर्यटन  विकासमा यस पुलको निर्माणले ठुलो टेवा पुग्ने बताए ।
   भण्डारीले यस्तो नमुना पुल निर्माण संगै धार्मिक क्षेत्र रुरु संग मुक्तीनाथ र ढोरपाटन  जोड्ने मोटरबाटो निर्माण कार्य पनि तिव्र रुपमा अगाडी बढाईएको बताए ।  उनले गुल्मी जिल्लालाई देशकै नमुना जिल्लाका रुपमा विकास गर्ने गरी आफुहरु लागि परेको दावि समेत गरे ।
   कार्यक्रममा विशेष अतिथी मुख्य सचिव लिलामणी पौड्याल, पुल महानिर्देशक  जिवनकुमार श्रेष्ठ, गुल्मी क्षेत्र नम्वर २ का पुर्व सांसद कमल श्रेष्ठ, लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा तिन वटै जिल्लाका सिडियो, एलडियो, राजनैतिक दलका प्रमुख, प्रतिनिधी, विभिन्न संघ संस्थाका प्रमुख, प्रतिनिधीहरुको सहभागिता थियो ।  

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.