"2513058968709111" /> नवआगन्तुक गुल्मीका सिडियोद्धारा पत्रकारहरुसंग अन्र्तक्रिया ।। - अनिश शर्मा गैरे
Breaking News
recent

नवआगन्तुक गुल्मीका सिडियोद्धारा पत्रकारहरुसंग अन्र्तक्रिया ।।

मङिस्र १४
गुल्मी जिल्लामा सरुवाभई आउनु भएको प्रमुख जिल्ला अधिकारी चन्द्र प्रसाद गैरेले गुल्मी जिल्लामा क्रियाशिल पत्रकारहरु संग अन्र्तक्रिया गर्नुभएको छ ।
आज जिल्ला प्रसासन कार्यलयको आफनै कार्यकक्ष आयोजित अन्र्तक्रिया कार्यक्रममा जिल्लाका संञ्चारकर्मीहरुबाट जिल्लाको शान्ती सुरक्ष, जिल्लाका बिभिन्न कार्यलयहरुबाट हुने सेवा प्रबाहको बारेमा जानकारी लिनुभएको छ । अन्तक्रियामा बोल्दै गुल्मी जिल्लाका पत्रकारहरुले शान्ति सुरक्षा लगायत जनताका सबैखाले आम चासो चिन्तका बिषयमा सकरात्मक भुमिका निर्वाह गर्न सगै जनताका काम छिटो छरितो गरिदिन आग्रह गरेका छन ।

पछिल्लो समय यता गुल्मी जिल्लाका बिभिन्न कार्यलयहरुले तोक्ने सुचना
अधिकारी कार्यलयको सुचनामा अपडेट नभएको भन्दै पत्रकारहरुले सुचना अधिकारी क्रियाशिल
बनाईदिन आग्रह गरेका छन । पत्रकारहरुले गुल्मी जिल्लाको शान्ति सुरक्षा सगै बिकास
निमर्णका काममा सधै हालेमालो गरेर अगाडी बढने बताए । अन्र्तक्रिया बोल्दै प्रमुख
जिल्ला अधिकारी चन्द्र प्रसाद गैरेले आफुले कानुनको बिधी परिधीमा रहि जनताका
सबैखाले काम गर्ने र कार्यलयको सेवा प्रबाह जनता मुखि रहने बताउनु भयो । हामी
जनताको काम प्रति प्रतिबद्ध भएरै सेबा प्रबाहमा लागेकोले जनताको कामलाई मुख्य भुमिकामा
रहेको बताउनु भयो । सगै जिल्लाको बिकास निमार्णमा अन्य कार्यलयको भुमिकाको
बारेमा पनि आफले प्रभावकारी भुमिका राख्ने बताउनु भयो ।
अन्तक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ गुल्मीका संस्थापक अध्यक्ष
हरि कुमार श्रेष्ठ,पुर्व अध्यक्ष जनार्दन घिमिरे, नेपाल पत्रकार महासंघ गुल्मीका सहसचिव
ज्ञानबहादुर महतरा, कोषाध्यक्ष अनिल खत्री,प्रेस युनियन गुल्मीका जिल्ला सचिव बिशाल
भट्टराई लयागतको सहभागिता रहेको थियो । प्रमुख जिल्ला अधिकारी चन्द्र प्रसाद गैरे
दिपालय क्षेत्रिय प्रसासन कार्यलयबाट सरुवाभई गुल्मी आउनु भएको हो भने यस भन्दा अधि
प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल १७ महिना गुल्मी जिल्ला प्रसासन कार्यलयमा प्रमुख
जिल्ला अधिकारी रहि अहिले भक्तपुर जिल्ला प्रसासन कार्यलयमा सरुवा हुनुभएको छ ।
गुल्मीबाट सहकर्मी अनिल खत्रीले समाचार पठाउनु भएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.