"2513058968709111" /> वामीका किसानले उत्पादन गरेको तरकारीले बजार नपाएको गुनासो ।। - अनिश शर्मा गैरे
Breaking News
recent

वामीका किसानले उत्पादन गरेको तरकारीले बजार नपाएको गुनासो ।।

अनिश गैरे,रेडियो पुष्पाञ्जली गुल्मी
गुल्मी वामी ६ दाल्काका किसानहरुले उत्पादन गरेको तरकारीले बजार नपाएको गुनासो गरेका छन् ।
प्राङ्गारीक मलबाट उत्पादन गरेको तरकारी रासायनीक मलबाट उत्पादन हुनै तरकारी भन्दा महँगो हुने भएकोले आफुहरुको उत्पादन गरेको तरकारीले बजार नपाएको स्थानीय कृषक होमलाल सापकोटाले गुनासो गर्नुभयो ।  उहाँले भन्नु भयो “हामीले उत्पादन गरकेो स्वच्छ तरकारीले बजार पाउँदैन ,यदि बजार पाउँथ्यो त मैले एक्ले यो क्षेत्रको माग थाम्न सक्थे  ”
उहाँँले उत्पादन गरेको तरकारीबाट मासिक ३० हजार भन्दा बढि आम्दानी गर्न सफल भएको जानकारी दिनुभयो । उहाँले सुरुमा ५ हजार रुपैँया लगानी गरेर तरकारी खेती गर्नुभएको बताउनुहुन्छ । अहिले तरकारी खेतीबाट मासिक ३० हजार भन्दा बढि आम्दानीको साथै परिबारलाई राम्रो संँग पाल्न सफल भएको बताउनुभयो । उहाँले सुरुमा कुखुरपालन,बाख्रापालन तथा तरकारी खेती एकैचोटी गर्नुभएको उहाँले अहिले तरकारी खेतीमात्र गरेको बताउनुभयो । धेरै ब्यबसायमा एक्ले ध्यान दिँदा खेरी समस्या हुने भएकोले तरकारी खेतीबाट भबिष्य देखेपछि यस तर्फ लागेको सापकोटाले जानकारी दिनुभयो । साथै उहाँले सम्पुर्णलाई बिदेश नगई देशमै केही गरेमा सुन फलाउन सकिने समेत बताउनेभएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.