अमेरीकामा आकाशमा एक बच्च जन्मियो ।।
मङ्सिर २४_
घरमा या अस्पतालमा बच्चाको जन्म भएको त हामीले सुन्दै आएका हौं । तर आकाशमै बच्चा जन्मियो भन्ने सुन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ । यो पत्याउनै मुश्किल पर्ने कुरा भने वास्तवमै भएको छ । अमेरिकामा एक महिलाले जमिन भन्दा धेरैमाथि आकाशमा बच्चा जन्माएकी छन् । तर हावामै चाहिँ हैन, जहाजमा ।
अमेरिकाको सनफ्रान्सेस्कोबाट लस एन्जल्स्का लागि उडेको साउथवेष्ट एयरलाइन्सको जहाजमा ती महिलाले बच्चा जन्माएकी हुन् । सनफ्रान्सेस्कोबाट जहाज उडेको केही बेरमा नै ती महिलालाई प्रसुती बेथा लागेको थियो । उनलाई प्रसुती बेथा लागेपछि जहाज लसएन्जल्स् विमानस्थलमा अवतरण गर्न ढिलाई भएको हो । विमान उनले बच्चा नजन्माएसम्म आकाशमा नै उडिरहेको थियो ।
जहाजमा एक जना डाक्टर र नर्स पनि यात्रु रहेको र उनीहरुले महिलाको प्रसुती गराएका थिए । महिलाले बच्चा जन्माइसकेपछि मात्रै जहाज लसएन्जल्समा अवतरण गरिएको थियो । जहाज अवतरण गरेपछि आमा र बच्चालाई अस्पताल लगिएको र दुवैको स्वास्थ्य राम्रो रहेको अस्पतालले जनाएको छ ।

No comments: