"2513058968709111" /> देशमा भ्रष्टाचार वढेकोप्रति गुल्मीका सरोकारवालाद्वारा चिन्ता व्यक्त - अनिश शर्मा गैरे
Breaking News
recent

देशमा भ्रष्टाचार वढेकोप्रति गुल्मीका सरोकारवालाद्वारा चिन्ता व्यक्त

मङिस्र २३_
प्रत्येक वर्ष देशमा वढ्दै गएको भ्रष्टाचारको अवस्थाप्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले नेपाल जस्तो गरिव देशको विकासमा प्रमुख वाधक भ्रष्टाचार भएको वताए । भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा सुशासन अभियान गुल्मीद्वारा संचालित एलाक डीपी परियोजनाले आयोजना गरेको भ्रष्टाचार नियन्त्रणका चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा वोल्दै सरोकारवालाहरुले यस्तो चिन्ता ब्यक्त गरेका हुन् ।राजनीतिक अस्थिरता, कमजोर नियमन संयन्त्र, नियमित अनुगमनको अभाव, हिंसा तथा द्वन्द्व, समयमै संविधान वन्न नसक्नु, अनुशासनहिन, स्थानीय निकायको निर्वाचन नहुनु जस्ता कारण नै भ्रष्टाचार निवारणका प्रमुख चुनौती रहेको उनीहरुको ठम्याई छ ।कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी रामचन्द्र पन्थीले सदाचार र अनुशासन कायम भएमा मात्रै भ्रष्टाचार कम गर्न सकिने वताउनुभयो । उहाँले भ्रष्ट आचरणलाई सुधार गर्नु मुख्य चुनौती रहेको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालयले सम्पूर्ण कार्यालयलाई भ्रष्टाचारबाट मुक्त गर्नको लागि समय समयमा निर्देशन दिईएको र आफ्नो कार्यालय प्रतिबद्ध रहेको वताउनुभयो । त्यस्तै प्रहरी नायव उपरीक्षक हिमालयकुमार श्रेष्ठले वोलीमा भन्दा पनि प्रत्येक व्यक्तिले आफ्नो आचरण सुधारेमा मात्रै भ्रष्टाचार निवारण हुन सक्ने वताउनुभयो । कार्यक्रममा मालपोत अधिकृत चिरञ्जीवि सापकोटाले मालपोत कार्यालयको सेवामा सुशासन कायम गर्न आफू प्रतिबद्ध रहेको वताउनुभयो । कार्यक्रममा महिला तथा वालवालिका कार्यालयकी प्रतिनिधी इन्दिरा थापा, रेसुङ्गा नगरपालिकाका कार्यकारी अधिकृत वावुराम पल्ली, उद्योग वाणिज्य संघ गुल्मीका वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसासद पाण्डेय, स्थानीय शान्ति समिति गुल्मीका जीवन राना लगायतले मन्तव्य व्यक्त गर्दै भ्रष्टाचार विरुद्धको अभियान एउटा व्यक्ति, संस्था भन्दा पनि सवैले हातेमालो गरेर अगाडि वढ्न सकेमा प्रभावकारी हुने वताउनुभयो । कार्यक्रममा सुशासन अभियान गुल्मीका अध्यक्ष श्यामकुमार पाण्डेयले नेपालमा भ्रष्टाचार विरुद्धका अभियान सञ्चालन हुन थालेको दशक हुँदा पनि भ्रष्टाचार वढ्दै जानुले एउटा संस्था, व्यक्ति, डोनरको प्रयास मात्र पर्याप्त नभएको औँल्याउँदै यस अभियानमा हातेमालो गर्न सवैलाई अपिल गर्नुभयो । ट्रान्सपरेन्सी इन्टरनेशनलले हालै प्रकाशित गरेको सन् २०१४ को भ्रष्टाचार अवधारणा सुचकांकले अघिल्लो वर्षको तुलनामा नेपालमा भ्रष्टाचार वढको देखाएको छ । अघिल्लो वर्ष १०० पुर्णाङ्कमा नेपालले ३१ अंक ल्याई भ्रष्टाचार हुने देशमध्ये १ सय १६ औँ स्थानमा परेको थियो भने यो वर्ष अंक घटेर २९ मा पुगेको छ । यो वर्ष नेपाल भ्रष्टाचार हुने मुलुकमध्ये १ सय २६ औँ स्थानमा परेको छ । संस्थाका अध्यक्ष श्यामकुमार पाण्डेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत कोषाध्यक्ष माहाशर्मा भण्डारीले गर्नुभएको थियो भने संचालन सहसचिव नरेश भण्डारीले गर्नुभएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.