"2513058968709111" /> बिभिन्न बिद्यालयहरुमा बार्षिक उत्सब कार्यक्रम आज बाट शुरु - अनिश शर्मा गैरे
Breaking News
recent

बिभिन्न बिद्यालयहरुमा बार्षिक उत्सब कार्यक्रम आज बाट शुरु

अनिश गैरे
वामी,गुल्मी ।
मङिस्र २३_
त्रिभुवन उच्च माद्यामिक बिद्यालय कुर्घा ५ भुवाचीदि गुल्मीको ४८ औ बार्षिक उत्सब कार्यक्रम आजबाट शुरु भएको छ । बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष खड्क बहादुर खड्काको सभापतित्व रहेका कार्यक्रममा जिल्ला शिक्षा कार्यालय गुल्मीका प्रतिनिधि एबम् वामी श्रोत केन्द्रका श्रोत ब्यक्ति ट्रकनाथ भण्डारीको प्रमुख आतिथ्यता रहेका थियो । कार्यक्रमको उदघाटन गर्दे प्रमुुख अतिथि भण्डारीले यस बिद्यालयको शैक्षिक सुधार गर्दे,गुणस्तरीय शिक्षा प्रदान गर्न बिद्यालयलाई आग्रह गर्नुभएकेो थियो । त्यस्तै उहाँले सक्षम शिक्षकले शैक्षिक सामग्रीको प्रयोग गरी प्राबिधिक शिक्षामा जोड दिदैँ, बिद्यालयलाई नुमना बिद्यालय बनाउन सबै लाग्नुपर्ने बताउनुभएको थियो ।
बार्षिकोत्सबको पहिलो दिन आज प्रभातफेरी,कार्यक्तम उद्घाटन,बिद्यालयको प्रतिबेदन प्रस्तुत,लोकगीत तथा लोक नृत्य,मार्चपास तथा पिटि प्रदर्शन,शटपुट,बादबिबाद, लगायतका कार्यक्तहरु सम्पन्न भएका छन ।
बिद्यालयका बरिष्ठ चन्दादाता नरहरी आचार्यको मन्तब्य रहेको कार्यक्रममा बिद्यालयका प्रद्यानाध्यापक रामबहादुर थापाले बिद्यालयको सम्पुर्ण पक्षको बारेमा जानकारी गराउनुभएको थियो । बिद्यालयका सहायक प्रद्यानाध्यापक चुरा बहादुर छन्त्यालको स्वागत मन्तब्य सँगै शुरु भएकोकार्यक्रमको सञ्चालन बिद्यालयका शिक्षक द्धोय ददिराम शर्मा र तिलका शर्माले गर्नुभएको थियो । बार्षिकोत्सब कार्यक्रम यही मङ्सिर २५ गते सम्म सञ्चालन हुनेछ ।
यस्तै शारदा बिदा मन्दिर माद्यामिक बिद्यालय वामी मैदानको ६५ औ बार्षिक उत्सब कार्यक्रम पनि आजबाट शुरुभएको छ । बार्षिकोत्सबको पहिलो दिन आज बिद्यालयका आन्तरीक कार्यक्तमहरु भलिबल, हाजीरी जवाफ, हाईजम्प, लङजम्प, शटपुट लगायका कार्यक्तमहरु सम्पन्न भएका छन । कार्यक्रमको अन्तिम दिन यही मङ्सिर २५ गते जिल्ला शिक्षा कार्यालय गुल्मीका सहायक जिल्ला शिक्षा अधिकारी दिपेन्द्र ढकालको प्रमुख आतिथ्यतामा औपचारीक कार्यक्रम सम्पन्न हुने बिद्यालयका रामकृष्ण कंडेलले जानकारी दिनुभएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.