उद्योग बाािज्य संघ वामी शाखाको स्थापना सँगै साधारण सभा सम्पन्न, आजै शाखाको पुर्नगठन ।।
अनिश गैरे, सामुदायिक रेडियो पुष्पाञ्जली ,
वामी ,गु्ल्मी
मङ्सिर २७_
उद्योग बाणिज्य संघ शाखा कार्यालय वामीको स्थापना सँगै पहिलो सधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि उद्योग बाणिज्य संघ गुल्मीका अध्यक्ष अखिलेश्वर पाण्डेले जिल्लाकै जेठो शाखाको रुपमा शाखा कार्यालय वामीको उद्घाटन गर्दे यस केन्द्रलाई जिल्ला तथा राष्ट्रकै नमुना बनाउनको लागी सबै राजनितिक दलका प्रतिनिधि तथा सम्पुर्णलाई आग्रह गर्दै, एकताबद्ध रुपमा लाग्न आग्रह गर्नुभएको थियो । साथै उहाँले यही फाल्गुणमा हुन गईरहेका गुल्मी महोत्सबमा यहाँको सम्पुर्ण ऐतिहासीक, पर्यटकीय स्थल तथा यहाँका उत्पादनहरुलाई प्राथमीकता दिनको लागी पनि सचेत गराउनुभएक्ो थियो । उद्योग तथा बाणिज्यलाई बिजुलीको तार संग तुलना गर्दै उहँँले बाह्य प्रबिधि भित्राई यहाका उत्पादनलाई अन्य क्षेत्रमा बजारीकरण गराउन आग्रह गर्नुहुँदै यस क्षेत्रको बिकासको लागी आफु पनि तत्पर रहेको बताउनुभएको थियो ।
सोही अबसरमा उद्योग बाणिज्य संघ गुलमीका निबर्तमान अध्यक्ष कृष्ण प्रसाद भण्डारी , नेपाल नेत्र ज्योती संघका केन्द्रीय सचिब भरत चन्द, सञ्चारीका गुल्मीकी अध्यक्ष गगनशीला खड्का, नेपाली काङ्ग्रेस गाँउ कार्य समिति वामीका उपाध्यक्ष भिमसेन केसी, नेकपा एमाले वामीका अध्यक्ष नारायण सापकोटा, राष्ट्रिय जनमोर्चा वामीका सुन्दर प्रधान, वामी बिश्व सम्पर्क मञ्चका सचिब सरोजराज बौद्धाचार्य , स्थानीय ब्यापारी तथा शारदा बिद्या मन्दिर माबि वामी मैदानका शिक्षक चिरञ्जीवी शाक्य लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्दै, वामीको बिकासको लागी यहाँका संंस्थाहरुलाई क्रियाशिल हुन, यहँका समस्या समाधान गर्न सबै लाग्न, वामीमा रहेका बिभिन्न महत्वपुर्ण ऐतिहासीक ,धार्मिक तथा पर्यटकीय स्थलहरुलाई संरक्षण प्रबद्र्धन गर्न, वामीको बिकासको लागी सबै निस्वार्थ रुपमा लाग्न, यहाँको सञ्चार क्षेत्रलाई प्रभाबकारी ढंगले अगाडी बढाउदै सञ्चारको अधिक प्रयोग गर्न, आग्रह गर्दै वामीलाई ब्यबस्थित सफा सहर, उच्च शिक्षा तथा हस्पिटलको क्षेत्रको रुपमा चिनाउन यहाँका राजनीतीक दल तथा समाजसेबीलाई आग्रह गर्नभएको थियो ।
कार्यक्रमका सभापति उद्योग बाणिज्य संघ वामीका अध्यक्ष सुदर्शन शाक्यले २०६४ सालमा स्थापित भएको यस शाखाको अहिले सम्मको सम्पुर्ण गतिबिधि सहितको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । भने कोषध्यक्ष गोपीकृष्ण्ण खरेलले आर्थिक बर्ष २०६४ देखी आ.ब् २०७१ सम्मको ३ लाख ६४ हजार ६ सय ९३ रुपैया बराबरको आम्दानी तथा ३ लाख १ हजार २ सय ४२ रुपैया बराबरको खर्च र ६३ हजार ४ सय ५१ रुपैया बराबरको बचत सहितको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
सोही साधारण सभाले सुदर्शन शाक्यको अध्यक्षतामा १५ सदस्यीय उद्योग बाणिज्य संघ वामीको सर्बसम्मत समितिको पुर्नगठन समेत गरेको छ । जसको उपाध्यक्षमा मोहनलाल श्रेष्ठ, सचिबमा महेश्वर घिमिरे, कोषध्यक्षमा गोपीकृष्ण खरेल तथा सदस्यहरुमा बिजयाकुमारी मल्ल, बेगप्रसाद श्रेष्ठ, देबेन्द्र कक्षपति, दिनेश खाती, दुर्गा छिनाल, सुन्दर प्रधान, तोयनाथ खराल, टोपनारायण शाक्य, सुन्दर शाक्य र लक्ष्मण फुल्लेल रहनुभएको छ ।
साथै कार्यक्रममा सञ्चारीका समुह गुल्मीकी अध्यक्ष गगनशीला खड्का रेडियो कान्तिपुर पत्रकारीता पुरस्कारबाट पुरस्कृत भएको मा गुल्मीकै पत्रकारहरुको शिर उच्च भएको भन्दै उद्योग बाणिज्य संघ वामीले नगद रु २ हजार सहित सम्मान समेत गरेका छ । कार्यक्रममा,गुल्मी उद्योग बाणिज्य संघका सदस्य चेतनारायण पाण्डे, सदस्य हरि प्रसाद न्योपाने, महिला सदस्य निर्मला केसी, एनेकपा माओबादी वामीका बसन्त काकी, प्रहरी चौकी वामीका प्रहरी सहायक निरिक्षक घनश्याम ढकाल, सामुदायिक रेडियो पुष्पाञ्जली वामीटक्सार गुल्मीका कार्यकारी प्रमुख कौरब खत्री, वडा नागरीक मञ्चका प्रतिनिधिहरु, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु,समाजका बुद्धिजिवि, समाजसेबी , पत्रकार, लगायतको आतिथ्यता रहेका थियो ।
उद्योग बाणिज्य संघ वामी शाखाका कोषाध्यक्ष गोपीकृष्ण खरेलको स्वागत सङ्गै सुरुभएको कार्यक्रमको सञ्चालन उद्योग बाणिज्य संघ वामीका सचिब महेश्वर घिमिरेले गर्नुभएको थियो ।

No comments: