"2513058968709111" /> संविधान निर्माणमा केन्द्रित रहने एमालेको निणर्य ।। - अनिश शर्मा गैरे
Breaking News
recent

संविधान निर्माणमा केन्द्रित रहने एमालेको निणर्य ।।

मङिस्र २२
नेकपा एमालेको केन्द्रीय कमिटीको आजको बैठक केहीबेर बसेर स्थगित भएको छ ।  अर्को बैठक मंसिर २४ गतका लागि बोलाइएको छ ।  बैठकको अध्यक्षता गर्दै अध्यक्ष केपी शर्मा ओलीले संविधान निर्माणमा दलहरुबीचको छलफललाई प्राथमिकता दिनुपर्ने भएकाले बैठक स्थगन गरेको बताउनुभयो । अध्यक्ष ओलीले एमालेलाई जनताले विश्वास गरेर समयमै संविधान बनाउन निर्णायक भूमिका निर्वाह गर्न जिम्मेवारी दिएकाले त्यसमा केन्द्रित हुन आह्वान गरेको केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । अध्यक्ष ओलीले पार्टीले वर्तमान सरकारको परिवर्तन नभई विस्तारका लागि प्रयास अघि बढाइरहेको अवगत गराएका थिए । पार्टीको नवौं महाधिवेशनपछि स्थायी कमिटी, पोलिटब्युरो चयन, जिम्मेवारी बाँडफाँडलगायतका विषयमा निर्णय नगरी यसअघि बैठक पटकपटक स्थगित भएको थियो । संविधान निर्माणमा पार्टीलाई केन्द्रित गर्ने भन्दै एक महिनाअघि तेस्रो पूर्ण केन्द्रीय कमिटीको बैठक स्थगित भएको थियो । आजको बैठकमा पनि समसामयिक राजनीतिक स्थिति, संविधान निर्माणबारे भएका वार्ता र जिम्मेवारी बाँडफाँडका विषयमा छलफल हुने कार्यक्रम थियो



No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.