"2513058968709111" /> यस बर्ष गुल्मीमा धान उत्पादन बढ्यो ।। - अनिश शर्मा गैरे
Breaking News
recent

यस बर्ष गुल्मीमा धान उत्पादन बढ्यो ।।

अनिल खत्री गुल्मी
मङिस्र २२
गुल्मीमा यो वर्ष धान उत्पादन बृद्धि भएको छ । जिल्लाको बिभिन्न ठाउमा रहेको कुल १० हजार ४ सय ६० क्षेत्रफलमा लगाईएको धान वालिमा यस वर्ष २८ हजार ५६ म्याट्रिक टन उत्पादन भएको छ । गत वर्ष गुल्मीमा २७ हजार ८७ म्याट्रिक टन धान वालि भएको थियो । गत वर्षको तुलनमा हेर्दा यस वर्ष गुल्मीमा धान वालि उत्पादनमा बृद्धि आएकोे जिल्ला कृषि बिकास कार्यालय गुल्मीका बरिष्ट कृषिबिकास अधिकृत चेतनाथ अधिकारीले जनकारी दिनुभयो । गुल्मी जिल्लामा गत वर्ष भन्दा यस वर्ष धान वालि उत्पादन बृद्धिदर बढनुमा समयमा पानि पर्नुका साथै कृषकहरुले मसमै धान वालि रोप्न पाउनु र कृषि बिकास कार्यालयको प्राधिक सहयोग सान सिचाई सहकारी सिचाईको प्रभाबका कारण धान वालि उत्पादनमा बृद्धि आएको जिल्ला कृषि बिकास कार्यालय गुल्मीका प्राधिकसाहय चेतनारायण पन्थीले जानकारी दिनुभयो । जिल्लामा रामधान, खुमलटार, हंसराज, मगवानपुर १, खमल ८, हर्दिनाथ जात लगायतका धान यहाँका कृषकहरुले लगाउने गरेको जिल्ला कृषि बिकास कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा धान उत्पादनमा सघाउ पु¥याउन जिल्ला कृषि बिकास कार्यलय गुल्मीले बिउमा अनुदान, साना सिचाई सहकारी सिचाईमा सहयोग, बालि संरक्षण रोग कीरा नियन्त्रण, बिभिन्न प्राबिधिक सहयोग सल्लाह दिदै आएकोे जिल्ला कृषि बिकास कार्यालय गुल्मीका बरिष्ट कृषिबिकास अधिकृत चेतनाथ अधिकारीले जनकारी दिनुभयो । जिल्लामा केहि ठाउमा सिचाईको ब्याबस्था भएतापनि कतिपय ठाउमा सिचाईको ब्याबस्था नहुदा किसानहरु आकासे पानिमा भरपर्नु पर्ने बाध्यता छ

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.