"2513058968709111" /> कांग्रेस सभासद् खड्काको निधन .. - अनिश शर्मा गैरे
Breaking News
recent

कांग्रेस सभासद् खड्काको निधन ..

मंसिर २१ -
चार दिनअघि भएको दुर्घटनामा गम्भीर घाइते बागलुङ क्षेत्र नं. १ का सभासद् हरिबहादुर खड्काको निधन भएको छ । उनको निधनबारे अस्पतालले औपचारिक जानकारी गराएको छैन ।

काठमाडौंको न्यूरो अस्पताल बाँसबारीमा उपचाररत सभासद् खड्काको आइतबार साँझ निधन भएको हो । बागलुङको पयुँटारमा मंसिर १७ गते प्रधानमन्त्री सुशील कोइराला सहभागी हुने महायज्ञमा सहभागी हुन जानेक्रममा ग १ झ २२४ नम्बरको जीप दुर्घटना हुँदा उनी घाइते भएका थिए ।
गम्भीर घाइते खड्कालाई उपचारका लागि बुधबार नै थप उपचारका लागि काठमाडौं ल्याइएको थियो ।
बागलुङ नगरपालिकामा २०२० साल जेठ १८ गते जन्मिएका स्व. खड्काकाले कांग्रेस गाउँ समिति सदस्यबाट राजनीति सुरु गरेका थिए । उनले गाउँ, नगर, जिल्ला हुँदै कांग्रेस महाधिवेशन प्रतिनिधिसम्म भएका थिए ।
२०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा उनी कांग्रेसको तर्फबाट निर्वाचित भएका हुन् ।
स्वार्गिय खड्काको पार्थिक शरिर सोमबार बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीको लागि राख्ने भएको छ ।
ekantipur.com

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.