"2513058968709111" /> १४औं लघुवित्त दिवस तथा ५१ दिवसीय शान्ति र संविधान अभियान अन्र्तगत बेनी शाखामा कार्यक्रम सम्पन्न - अनिश शर्मा गैरे
Breaking News
recent

१४औं लघुवित्त दिवस तथा ५१ दिवसीय शान्ति र संविधान अभियान अन्र्तगत बेनी शाखामा कार्यक्रम सम्पन्न

२१मंसिर, २०७१
वेनी, म्याग्दी ।

नेष्डो सुचनाविभाग÷
राष्ट्रिय शैक्षिकतथा सामाजिक विकास संस्था,नेष्डो नेपालको १४औँ लघुवित्त दिवस एवम् ५१ दिवसीय शान्ति र संविधानका लागि जनदवाव अभियान—२०७१अन्र्तगत अभियानको सातौँ दिन आइतबार बेनीवजारमा शान्ति र संविधानको लागि जनदवाव अभियानका साथै एक दिने वार्षिक कार्यक्रम समिक्षा गोष्ठी सम्पन्न भएको छ ।
तोकिएको तिथिभित्र जनचाहना अनुरुपको संविधान निर्माण गरी नयाँ संविधानमा महिला तथा विपन्नवर्गको आधारभुत आवश्यकता परिपुर्तिका ेसुनिश्चित गर्न जनस्तरवाद दवाव सृजना गर्दै संस्थाको सेवा सुविधाको वारेमा हकवाला सदस्यको पृष्ठपोषण लिई समासामयिक सुधार गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा म्याग्दी ११ तथा पर्वत जिल्लाका ४गरी कुल १५नगरपालिका तथा गाउँ विकास समितिमा गठित महिला स्वावलमवन केन्द्रका प्रमुख तथा प्रतिनिधीहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधीहरु, स्थानीय समाजसेवी, सञ्चारकर्मी, नागरीक समाजका सदस्यहरु समेत सयौंको संख्यामा सहभागिता रहेको थियो ।
जनदवाव अभियानका साथमा आयोजित वार्षिक समिक्षा कार्यक्रममा संस्थाको वेनी शाखा अन्र्तगत वर्षभरीमा उत्कृष्ठ कार्य गर्ने ४ वटा महिला स्वावलम्वन केन्द्रलाई पुरस्कृत गरिएको थियो । पुरस्कृत हुने केन्द्रहरुमा म्याग्दी जिल्ला अथुङ्गे गाउँ विकास समिति, वडा नं.८ स्थित डम्बरा एकता महिला स्वावलम्बन केन्द्र प्रथम,पिप्ले गाविस, वडा नं. ४ स्थित रानीपौवा महिला स्वावलम्बन केन्द्र दृत्तिय,भगवती गाविस, वडा नं. ४ स्थित भगवतीहटिया महिला स्वावलम्बन केन्द्र तृत्तिय र अथुङ्गे गाविस वडा नं.३ स्थित जलेश्वरी महिला स्वावलम्बन केन्द्र सान्त्वना रहेका छन् । यसै गरी कार्यक्रममा लघुवित्त सेवाविस्तारमा उत्कृष्ठ योगदान पु्¥याउने सामाजिक व्यक्तित्वहरुलाई नेष्डो स्थानीय लघुवित्तदुत वाट सम्मान गरिएको छ । यसरी सम्मानित हुनेहरुमा म्याग्दी जिल्ला, अथुङ्गे गाविस वडा नं.८ निवासी समाजसेव ीमेद्यनाथ सुवेदी,रत्नेचौर गाविस वडा नं. १ निवासी सरस्वती गिरी र घताङ्ग वडा नं ७ निवासी सिता चोखाल,घतान गाविस वडा नंः ४ निवासी सितादेवी श्रेष्ठ र अथुङ्गे गाविस वडानंः ४ निवासी डेस कुमारी चोखाल र अर्थुङ्गे गाविस वडानंः ४ स्थित पशुपती शाही रहनुभएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि संविधानसभाका सदस्य नरदेवी पुनले संविधानसभा वाट संविधान निर्माण हुन नसकेमा त्यो विडम्वना पुर्ण हुने वताउदै राजनीतिक सहमतीमा संविधान निर्माण गर्र्नु उपर्युक्त भएता पनि वर्तमानमा सो परिस्थिती सो को संभावना क्रमशःघटदै गएको वताउनु भयो । जुनसुकै तह वाट जनतालाई संविधान दिनु पर्ने भन्दै संविधानसभाको पुर्ण वैठक वाट विवादित विषयको टुङ्गो लगाउनु पर्ने उहाँले वताउनु भयो । अव लेखिने संविधानमा महिलाको साम्पत्तिक अधिकारहरुको सुनिश्चित हुनुपर्नेमा उहाँले जोड दिनु भयो । त्यसै गरी नेपाली काँग्रेस म्याग्दीका पर्व सभापति ।ा नेत्र महतले नेष्डो नेपालले ग्रामीण क्षेत्रमा पुगी विपन्न परिवारको चेतना, संगठन र आयआर्जनको साथै जनशसक्तिकरण गरेको वताउनु भयो । कार्यक्रममा नेकपा एमाले म्याग्दीका सचिवालय सदस्य राजकुमार थापाले शान्ति र संविधानक ाअयिभानहरु राजजनीतिकदलहरुले अगाडी वढाउनु पर्नेमा नागरीक संस्थाहरुले पहल अगाडी वढाएको भन्दै यसवाट संविधान निर्माणमा दललहरु थप संवेदनशिल वन्न दवाव सृजना भएको वताउनु  भयो । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पाटी म्याग्दीको अध्यक्ष योगेन्द्र वहादुर रावलले संस्थाले विनाधितो कर्जाका अलवा सुत्केरी खर्च, क्रियाखर्च, उपचार खर्च, छात्रवृत्ति, आवास लगायत सदस्यको मृत्यूमाकर्जा मिनाहा जस्ता सुविधाहरु उपलव्ध गराउनु अत्यन्त सह्रानीय भएको वताउनु भयो । कार्यक्रममा नेपाल ग्रामीणविकास वैंक, म्याग्दीका शाखा प्रवन्धक राजेश गिरी, महिला प्रतिनिधी पशुपति शाही, कविता वानिया, सेतिमायाँथापा, सितादेवी श्रेष्ठ, सरस्वती गिरी, वालकुमारी रावललगायतले संस्थाको लघुवित्त सेवाका राम्रा पक्षहरु र भविस्यमा सुधार गर्नपर्ने कुराहरुको वारेमा आफ्नो भनाई राख्नु भएको थियो ।कार्यक्रमको शुभारम्भमा सयौं नरनारीको सहभागितामा शान्ति र संविधानका लागि जनदवाव ¥यालीले वेनीवजार परिक्रममा गरेको थियो भने विकास साँस्कृतिक परिवारका कलाकार सुक वहादुर पुन, इन्दिरा भुसालले लगायतको साँस्कृतिक प्रस्तुत राखिएको थियो ।
कार्यक्रम संस्थाका संस्थापक अध्यक्ष विश्वप्रकाश प्रसाईक ोअध्यक्षता, लघु वित्त प्रमुख विश्ववन्धु प्रसाईको स्वागत, प्रशासकीय अधिकृत इन्द्र खत्री क्षेत्रीको प्रतिज्ञा एवम् सुचना व्यवस्थापन अधिकृत ओम्ना क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।
वि.सं. २०६३ पौषमा संस्थााको  छैटौँ शाखाका रुपमा स्थापित वेनी शाखाले म्याग्दी जिल्लाका वेनी नगरपालिका लगायत, अथुङ्गे, ज्यामुरकोट, भकिम्ली ,सिङ्गा,पुलाचौर घतान, बाबियाचौर, रत्त्नेचौर,पात्लेखेत,भगवती,राखुपिप्ले,पर्वतको नाङ्गलीवाङ्ग ,धाइरिङ्ग,माझफाँटर बासँखर्क गरी १५ गाविसका २ हजार ४६५विपन्न परिवारलाई २६ करोड, ९३ लाख ५९ हजार रुपैयाँ लगानी गरी २ करोड ५५ लाख २६ हजार रुपैयाँ वचत संकलन गरेको संस्थाको शाखा प्रवन्धक नारायण प्रसाद शर्माले जानकारी गराउनु भयो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.