हिमपातका कारण उखूखेती नष्ट भएपछि दार्चुलाका किसान चिन्तित ।।
पौष ०२–
हिमपातका कारण नगदेबाली उखूखेतीमा क्षति पु¥याएपछि दार्चुलाका किसानहरु चिन्तित भएका छन् । दार्चुलाको लेकम क्षेत्रका किसानहरुले केही वर्ष यता व्यवसायिक रुपमा उखूखेती गर्दै आएका छन् । भारी हिमपातले उखू नष्ट गरेपछि किसानहरुले ठूलो घाटा व्यहोर्नु परेको बताएका छन् । उखू खेतीबाट वार्षिक ८० हजार भन्दा बढि आम्दानी गर्दै आएका मालिकार्जुन गाविस वडा नं ७ पथ्थरकोटका किसान धनसिंह धामीले हिमपातका कारण करिब दुई रोपनी जमिनमा गरेको उखूखेती नोक्सान भएको बताउनुभयो । उखूखेतीबाट राम्रै्र आम्दानी हुन थालेपछि यस वर्ष खेती बढाएका धामी हिमपातका कारण उखूबाली नष्ट भएपछि चिन्नित बनेका छन् ।
यस्तै गत आईतबारबाट भएको वर्षासंगैको हिमपातका कारण बैतडीमा लाखौ मुल्यबराबारको सुन्तला, कागति, मौसमी लगायतका फलफूल नष्ट भएका छन् । आईतबार रातिदेखि परेको पानिले अत्याधिक चिसो बढे पछि सोमबार बेलुकिबाट भएको हिमपात मंगलबार सम्म नरोकिएपछि उक्त क्षति भएको हो । हिमपातले बैतडीको कैलपाल, दुर्गास्थान, रिम, सकार लगायतका गाविसमा लगाएको सुन्तला, कागति, मौसमी लगायतका फलफुलमा क्षति पु¥याएको बैतडीको कैलपालका स्थानिय सुन्तोला किसान कृष्णसिंह बोहराले बताउनुभयो ।

No comments: