"2513058968709111" /> नेपाल बिद्यार्थी संघ गुल्मीद्धारा वामीका २ शैक्षिक संस्थाहरुमा ईकाई समिति गठन ।। - अनिश शर्मा गैरे
Breaking News
recent

नेपाल बिद्यार्थी संघ गुल्मीद्धारा वामीका २ शैक्षिक संस्थाहरुमा ईकाई समिति गठन ।।

अनिश गैरे ,
वामी,गुल्मी ,पौष ०२–
नेपाल बिद्यार्थी संघको आफ्नो संगठन बिस्तारको क्रममा आज रुद्राबति बहुमखी क्याम्पस वामीटक्सारमा नेपाल बिद्यार्थी संघको ईकाई समिति पुर्नगठन गरिएको छ । नेपाल बिद्यार्थी संघ गुल्मीका जील्ला सदस्य बिष्णुृ प्रसाद आचार्यको सभापत्वि रहेका कार्यक्रममा चन्दा कार्कीको सभापतित्वमा २३ सदस्यीय इकाई समति गठन गरिएको छ ।
समितिको उपसभापतिहरुमा इन्दिरा सापकोटा, डिल बहादुर राना, प्रकास थापा, सचिबमा जगन काउछा, सहसचिबमा श्रृङ्खला बौद्धाचार्य, र सम्झना खरेल कोषध्यक्षमा कुस्मा खरेल तथा अन्य सदस्यहरु गरी २३ सदस्यीय समिति गठन गरिएको छ ।
सोही अबसरमा सबिंधान सभाका सदस्य तथा गुल्मी क्षेत्र नम्बर २का माननीय सभासद चन्द्र भण्डारी द्धारा शैक्षिक क्षेत्रमा बिद्यार्थीलाई अध्ययनमा सहयोग पुगोस भन्ने हेतुले एक बिद्यार्थीलाई आर्थिक सहयोग गर्नुभएको छ ।
वामी गाबिस वडा नम्बर ९ निबासी रुद्राबति बहुमखी क्यामपसमा बि.एड. दोस्रो बर्षमा अध्ययनरत छात्र डिल बहादुर कुमाललाई गरिब जेहेन्दार अन्तर्गतको रु १० हजार रकम सहयोग गरएको हो ।
उक्त रकम नेपाली काङग्रेस क्षेत्र नम्बर २ अन्तर्गत इलाका नम्बर ९का ईलाका सयंोजक सुदर्शन शाक्य तथा पार्टी सभापति कृष्णहरी सापकोटा मार्फत हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा नेपाली कागे्रंस इलाका नम्बर ९ का सयाेंजक सुदर्शन शाक्य, नेपाल बिद्यार्थी संघ जिल्ला सदस्य राम प्रसाद पन्थी, रुद्राबति बहुमखी क्याम्पसका प्रद्यापक संघका अध्यक्ष डिल्लीराज खरेल, नेपाल बिद्यार्थी संघ बाग्लुङ क्षेत्र नम्बर ३ का क्षेत्रीय उपसभापति होमनाथ खरेल, लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
नेपाल बिद्यार्थी संघ जिल्ला कार्य समिति गुल्मीका सभापति सुदर्शन खनालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेपाली काङग्रस गाँउ कार्य समितिका सभापति कृष्णहरी सापकोटा, नेपाली काग्रेंस इलाका नम्बर ९ का सदस्य दिनेश खाती, नेपाल तरुण दल बाग्लुङ् क्षेत्र नम्बरका सभापति होम सिङ्जाली लगायतको बिशेष उपस्थिती रहेको थियो ।
नेपाल बिद्यार्थी संघ जिल्ला कार्य समिति सदस्य बोम बहादुर परीयारको स्वागत मन्तब्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन जिल्ला कार्य समिति सदस्य राम प्रसाद आर्चार्यले गर्नुभएको थियो ।
यस्तै महेन्द्र आदर्श उच्च माद्यामिक बिद्यालयमा पनि प्रकास घिमिरेको सभापतित्वमा ३३ सदस्यीय नेपाल बिद्यार्थी संघको पुर्नगठन गरिएको छ ।
जस्को उपसभापतिहरुमा बिपिन रायमाझी, मनिष सिँह, यमुना खरेल, सचिबमा अनिश गैरे,सहसचिबमा हेमु राना र कमला आचार्य, कोषध्यक्षमा सुष्मा बिक लगायत रहनुभएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.