काठमाण्डु उपत्यकासहित आसपास क्षेत्रमा भूकम्पको धक्का
काठमाण्डु, ३ पुस- काठमाण्डु उपत्यकासहित आसपास क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ
। बिहीबार राति ९ बजेर १८ मिनेटमा लगातार करिब ५ सेकेण्ड भूकम्प भएको थियो । भूकम्प गएपछि मानिसहरु घरबाहिर निस्केका थिए । भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षति भने भएको छैन । विस्तृत विवरण आउन बाँकी छ । काठमाण्डु टुडेका पत्रकार नरेश ज्ञवालीका अनुसार काठमाण्डुको कीर्तिपुर क्षेत्रमा मानिसहरु सबै घरबाहिर निस्केर बसेका छन् । भूकम्प फेरि फर्कन सक्ने भन्दै मानिसहरु बाहिरै बसेको ज्ञवालीले बताए । काठमाण्डु विश्वकै उच्च भूकम्पीय जोखिम भएको सहरमा पर्छ । काठमाण्डु आसपासका नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रे, सिन्धुली, मकवानपुर, चितवन,
कास्कीलगायत जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको छ

Reviewed by अनिश गैरे
on
9:40:00 AM
Rating: 5
No comments: