"2513058968709111" /> आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस, नेपालमा सप्ताहव्यापी रुपमा मनाइने ।। - अनिश शर्मा गैरे
Breaking News
recent

आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस, नेपालमा सप्ताहव्यापी रुपमा मनाइने ।।

पौष ०४–
आज आप्रवासी दिवस, विभिन्न नेपाललगायत विश्वभर विभिन्न कार्यक्रम गरी मनाइदैछ । नेपालमा पनि सुरक्षित आप्रवासनको आवश्यकता, हामी सबैको प्रतिबद्धता भन्ने नारासहित सरकारी तथा गैरसकारी क्षेत्रबाट आज विभिन्न कार्यक्रम गरिंदैछ । श्रम तथा रोजगार मन्त्रालयको संयोजकत्वमा दिवस सप्ताहव्यापीरुपमा मनाइने भएको हो । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हकअधिकार सम्बन्धि संयुक्त राष्ट्रसंघीय महासन्धी पारित भएको दिनको सम्झनामा सन् २००० देखि हरेक वर्ष डिसेम्बर १८ मा यो दिवस मनाउने गरिएको छ । रोजगारी र जीविकोपार्जनका लागि अर्को देशमा गइ बस्ने प्रकृयालाई आप्रवासन भनिन्छ । आप्रवासी कामदारहरुमा चेतना जगाउने, आप्रवासी कामदारहरुलाई सम्बन्धित देशका घरेलु कामदारलाई जस्तै मान्यता र सुरक्षा प्रदान गर्नुपर्ने सन्देशसहित विश्वभर यो दिवस मनाउने गरिन्छ । अहिले विश्वका एकसयभन्दा बढी देशमा नेपालीहरु पुगेको विभिन्न तथ्यांकहरुले देखाएको छ । श्रम स्वीकृति लिएर विदेश जानेको संख्या गएको कात्तिक महिनासम्म करिब ३५ हजार रहेको श्रम तथा रोजगार मन्त्रालयको तथ्यांक छ । सरकारको अभिलेखमा नभई विभिन्न देशमा आप्रावासी जीवन बिताउनेहरु पनि थुपै्र रहेको मन्त्रालयको भनाइ छ । दिवसको अवसरमा श्रम तथा रोजगार राज्य मन्त्री टेकबहादुर गुरुङले सुरक्षित आप्रवासनका लागि शुभकामना दिनुभएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.