"2513058968709111" /> आज धान्युपुर्णिमा,किराँत समुदायको उधौली पर्व, आजै नेवार समुदायको योमरी पुन्ही ।। - अनिश शर्मा गैरे
Breaking News
recent

आज धान्युपुर्णिमा,किराँत समुदायको उधौली पर्व, आजै नेवार समुदायको योमरी पुन्ही ।।

मङ्सिर २०
आज मंसिर शुक्ल पुर्णिमा अर्थात् धान्य पुर्णिमा । धान भित्राएको खुशीयालीमा देशभर यो पर्व मनाइदैछ । यस्तै विभिन्न जातीय समुदायमा आफ्नै परम्परा अनुसार आजको दिनलाई विशेष रुपमा मनाउने गरिन्छ । नेपालमा आधिकांश जनता कृषिमा निर्भर रहेकाले किसानहरुको मुख्य बाली धान भित्राउने दिनको रुपमा आजको दिनलाई मनाउने गरिन्छ । भकारी वा कुथीमा भरेको धान कम नाहोस अर्थात सधै धनधान्यपुर्ण होस भन्ने मान्यता भएकाले आजको दिनलाई धान्यपूर्णियमा भनिएको हो ।
आजकै दिन नेवार समुदायमा योमरी पुन्हीका रुपमा यो चाडलाई मनाउदै छन् । नेवार समुदायमा आज सबैरै उठेर तिल र चाकुको प्रयोग गरी चामलको पिठोको योमरी पकाएर खाने प्रचलन रहेको छ । योमरी पुन्हीकै दिन नेवार समुदायले ज्यापु दिवस पनि मनाउने गरेका छन् । दिवसका अवसरमा आज राजधानीमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।
प्रकृति र पितृको पूजा गरि आज किराँत समूदायको ठुलो चाड साकेला उधौली पर्व मनाइदैछ । किराँत समूदायले आफुले लगाएको अन्नबाली पाकेपछी आफ्नो कुल देवतालाई चढाएपछि मात्र खाने दिनलाई चाडका रुपमा मनाउन गर्दछन् । परम्परा अनुसार २ दिन अघि लिम्बुले चासो तग्नाम पर्व मनाउने गर्छन् भने याख्खाले चासुवा सुनुवारले खोल स्यादर र राईले उधौली साकेला भनेर आज संयुक्तरुपमा मनाउने गरिन्छ । किराँत राईको मुख्य पर्व साकेला उभौली बैशाख पूर्णिमाको दिन र उधौली मंसिर पूर्णिमाको दिन मनाइन्छ । यस पर्वको मेलामा सबै उमेरका मानिसहरु आपसमा गोलो घेरा बनाएर नाच्ने गर्दछन् ।
आजै नेवार समुदायले योमरी पुन्ही पनि मनाउँदै छन् । हरेक वर्षमार्गशुक्ल पूर्णिमाका दिन मनाउँदै आएको धान्य पूर्णिमा पर्व आज मुलुकभर नेवार समुदायले मनाउने गर्छन् । गाउँघरमा गाईवस्तुको रक्षाका लागि भन्दै आजै गोठमा गैडु देवताको पूजा गर्ने चलन पनि रहेको छ ।
यसैबीच उधौली पर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतले शुभकामना दिनुभएको छ । उहाँहरुले शुभकामनामा यो चाडबाट एकआपसमा सहयोग, सद्भाव होस् भन्दै सबैमा सँधै खुशी मिलोस् भन्नु भएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.