"2513058968709111" /> नेपाल महिला संघ पौदी अमराई गाँउ कार्य समिति को भेला सम्पन्न १७ सदस्यीय समितिको पुर्नगठन - अनिश शर्मा गैरे
Breaking News
recent

नेपाल महिला संघ पौदी अमराई गाँउ कार्य समिति को भेला सम्पन्न १७ सदस्यीय समितिको पुर्नगठन

अनिश गैरे,सामुदायिक रेडियो पुष्पाञ्जली ,वामीटक्सार गुल्मी
मसिंर १९
नेपाल महिला संघ पौदी अमराई गाँउ कार्य समिति को भेला सम्पन्न भएको छ । नेपाली काग्रेस पौदी अमराई गाँउ कार्य समितिका उपसभापति दानबहादुर केसीको सभापतित्व रहेको भेलामा लक्ष्मी हितानको सभापतित्वमा १७ सदस्यीय नेपाल महिला संघ पौदीअमराईको पुर्नगठन गरेको छ ।
समितिको उपसभापतिमा माया भुषाल,सचिबमा जुना भुषाल, सहसचिब सिता खरेल, कोषाध्यक्षमा सिन्धु केसी, तथा सदस्यहरुमा बिष्णु बलामी ,बिमला हितान, बिष्णु घिमिरे, बिष्णु पाठक ,कमला दर्लामी, तारा हितान, गिता दर्लामी, मनकुमारी केसी, मञ्जु चालीसे, लक्ष्मी पोखरेल, सिता थापा, टिका परियार रहनुभएको छ । जिल्ला कार्य समिति सदस्य साबित्रि श्रेष्ठको प्रमुख आतिथ्यता रहेको भेलामा सदस्य गिता थापाको मन्तब्य रहेको थियो । जुना भुषालको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन नेपाल महिला संघ पौदीअमराईका सचिब श्यामन्त नेपालीले गर्नुभएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.