"2513058968709111" /> बिभिन्न बिद्यालयहरुमा बार्षिक उत्सब कार्यक्रम तथा शुक्रबारीय कार्यक्रमहरु सम्पन्न ।। - अनिश शर्मा गैरे
Breaking News
recent

बिभिन्न बिद्यालयहरुमा बार्षिक उत्सब कार्यक्रम तथा शुक्रबारीय कार्यक्रमहरु सम्पन्न ।।

अनिश गैरे, सामुदायिक रेडियो पुष्पाञ्जली ,वामी, गुल्मी
मङिसर २६–
शारदा बिदा मन्दिर माद्यामिक बिद्यालय वामी मैदानको ६५ औ बार्षिक उत्सब कार्यक्रम आज समापन गरिएको छ ।
आज चौथो दिन बिबिध खेलकुद कार्यक्रहरुको साथ साथै उत्कृष्ट हुने बिद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ ।
आज बार्षिकोत्सबको अन्तिम दिन अन्तर सदानात्मक बक्तृत्वकला प्रतियोगीता, लोक गीत तथा लोक नृत्य प्रतियोगीता लगायतका कार्यक्रमहरु सम्पन्न भएका छन । बिचबिचमा बिद्यार्थीहरुको साङ्गीतीक प्रस्तुती समेत प्रस्तुत गरिएको थियो । हिजो भएको कार्यक्रममा जिल्ला शिक्षा कार्यालय गुल्मीका सहायक जिल्ला शिक्षा अधिकारी दिपेन्द्र ढकालको प्रमुख आतिथ्यता रहेको थियो । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ठग बहादुर खत्रीको अध्यक्षता रहेका कार्यक्तमको सञ्चालन बिद्यार्थी गिता खरेलले गर्नुभएको त्याहा बाट सहयोगी रमेश रसौलीले जानकारी दिनुभएको छ ।
यसैगरी महेन्द्र आदर्श उच्च माद्यामिक बिद्यालय वामी टक्सारमा पनि शुक्रबारीय कार्यक्रम अन्तर्गत अन्तर सदानात्मक हाजिरी जबाफ प्रतियोगीता सम्पन्न भएको छ । बिद्यालयका सहायक प्रचार्य देबिराम शर्माको सभापतित्व रहेका कार्यक्तममा महाकाली सदन प्रथम,कोसी सदन द्धितिय तथा गण्डकी सदन तृतिय भएका छन । बिजयी हुने बिद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ । कार्यक्रमको सञ्चालन बिद्यालयका शिक्षकहरु बुद्धि प्रसाद शर्मा,ज्ञानहरी सापकोटा,लिलाधर घिमिरे तथा हरिनारायण सापकोटाले गर्नुभएको थियो । त्यस्तै गरी भगबति प्राबि वामी काफलटोलामा पनि शुक्रबारीय कार्यक्तम अन्तर्गत मिठाई दौड प्रतियोगी सम्पन्न भएको छ । कार्यक्रममा कक्षा १ देखी ३ सम्मका बिद्यार्थीहरुले सहभागीता जनाएका थिए । बिद्यालय प्रद्यानाध्यापक तेजनारायण सापकोटाको अध्यक्षता रहेका कार्यक्तमको सहजीकरण बिद्यालयका शिक्षक द्धोय सागर भण्डारी र कुल बहादुर केसीले गर्नुभएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.