"2513058968709111" /> वर्षासँगै बढेको चिसोले जनजिवन प्रभावित ।। - अनिश शर्मा गैरे
Breaking News
recent

वर्षासँगै बढेको चिसोले जनजिवन प्रभावित ।।

मङिसर २८–
गयरातिदेखि बर्षा तथा उच्च हिमाली जिल्लाहरुमा हिमपात भए पछि देशभरको जनजीवन प्रभावित भएको छ । शुक्रबारदेखि देशभर चिसो बढे पनि गयरातिदेखि बर्षा सुरु भएको हो । काठमाडौं उपत्यकासहित देशैभर आज दिनभर जसो सामान्य बर्षा हुने जल तथा मौसम बिज्ञान बिभागले जनाएको छ ।
पश्चिमी वायुको प्रभाव र अरेवियन सागरमा आएको परिवर्तित मौसम प्रणालीका कारण नेपालका पश्चिमी क्षेत्रहरुमा बर्षा भएको मौसम विज्ञान बिभागको अनुमान छ । बर्षाका कारण सुदूरपश्चिम क्षेत्रमा अत्याधिक चिसो बढेको छ ।
अछाम, डोटी, डडेल्धुरा, बाजुरा बझाङ, दार्चुला र बैतडी जिल्लामा शुक्रबार साँझदेखि नै हल्का बर्षा सुरु भएको हो । यस्तै मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला, डोल्पा, मुगु लगायतका हिमाली जिल्लामा हिमपातसमेत भएको छ । हिमाली जिल्लामा बाक्लो हिमपात सुरु भएपछि त्यहाँको जनजिवनसमेत कष्टकर बनेको छ । मानिसहरु घर बाहिर निस्केका छैनन् । त्यस्तै सरकारी कार्यालय पनि सुनसा बनेको विभिन्न जिल्लाबाट हाम्रा संवाददाताले जनाएका छन् । मौसमबिद्हरुका अनुसार आज दिनभर देशका सबैजसो क्षेत्रमा सामान्य बर्षा भए पनि भोलि भने मौसम सफा रहनेछ ।
यसैबिच, तराईका जिल्लामा एक सातादेखि लागेको बाक्लो हुस्सु र चिसो हावाको कारण जनजीवन कष्टकर बनेको छ । केही दिनयता बढे्को शीतलहर र चिसोका कारण अस्पतालमा बिरामीको चाप बढ्ेको छ । सप्तरीको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा कोल्ड डायरिया, रुघोखोकी, ज्वरोलगायतका बिरामीको चाप बढेको छ । अस्पतालका प्रमुख डा. शैलेश झाका अनुसार चिसोकै कारण हुने बिरामीको संख्या प्रत्येक दिन १५ देखि २० जनाका दरले थप भैरहेको छ । मङ्सिरको अन्तिम सातादेखि सुरु भएको चिसो क्रमशः बढ्दैै जाँदा जिल्लाको जनजीवनसमेत प्रभावित भएको हो ।
बाक्लो हुस्सु र चिसो हावाका कारण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी निकै बढेका छन् । सिरहा सदरमुकामस्थित जिल्ला अस्पताल, लहान अस्पताल तथा ग्रामीण भेगका सरकारी स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप निकै बढेको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले जनाएको छ । दूधेबालकदेखि ६० वर्षसम्मका वृद्धवृद्धा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियालगायतबाट पीडित भएका छन् । जिल्लामा चिसाले कठ्याङ्ग्रिएर एक साताअघि सुखीपुर–८ निवासी ६० वर्षीय बौवा सदा र  विद्यानगर–२ निवासी ५० वर्षीया आशादेवी मण्डलको मृत्यु भइसकेको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.