राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एक महिलाको नुवाकोटमा हत्या ।।
मङ्सिर २४–
राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एक महिलाको नुवाकोटमा हत्या भएको छ । विभागको महाराजगञ्ज क्षेत्रमा सहायक सुचक पदमा कार्यरत गोरखा थालाचुङ ९ की २४ बर्षिय रिता गुरुङको हत्या भएको हो । उनको शव सुनखानी–७ सिस्नेरी स्थित जंगलमा भेटिएको नुवाकोट प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा अनुसन्धानको लागि उनका प्रेमी अजित ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाण्डौँबाट हिजो बिहान घुम्न गएका उनीहरुको साँझ फर्कने बेला विवादपछि हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । गुरुङको हत्यापछि भाग्न लागेका ढकाललाई स्थानीयले पक्राउ गरी प्रहरीसमक्ष बुझाएका हुन् ।
उता रुपन्देहीको मोतिपुर १ रानीगन्जमा एक जनाको घाँटी रेटेर हत्या भएको छ । अन्दाजी ४५ बर्षका श्यामसुन्दर थारुको करौंतीले घाँटी रेटिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न व्यक्तितको परिचयप्रहरीले खुलाएको छैन । तर, स्थानीयले श्यामसुन्दरको हत्या उनकै ज्वाईंबाट भएको बताएका छन् । छोरीको आफूसितसम्बन्धबिच्छेद गराई अन्तै बिहे गरिदिएको भन्दै ज्वाईंले ससुरा श्यामसुन्दरको हत्या गरेको स्थानीयको भनाइ छ । प्रहरीले हत्याको वास्तविक कारण नखुलेको र अनुसन्धान जारी रहेको बताएको छ।

No comments: