"2513058968709111" /> गुल्मी टुडे डटकमले सञ्चालन गरेको फोटो प्रतियोगीता सम्पन्न ।। - अनिश शर्मा गैरे
Breaking News
recent

गुल्मी टुडे डटकमले सञ्चालन गरेको फोटो प्रतियोगीता सम्पन्न ।।

पौष १६–
अनलाईन खबर पत्रिका गुल्मी टुडे डट कमले संञ्चालन गरेको फोटो प्रतियोगिता २०७१ सम्पन्न भएको छ । गुल्मी जिल्लाका बिभिन्न स्थानमा पर्ने धार्मिक तथा पर्यटकिय समपदाको उत्कृष्ट फोटो खिच्नेलाई पुरस्कार प्रदान गराइने भएको छ । बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि गुल्मी जिल्लाका बिभिन्न सांस्कृतिक,धार्मिक तथा ऐतिहासिक पर्यटकिय स्थलको उत्कृष्ट फोटो मध्ये तिन जनालाई पुरस्कार प्रदान गर्ने भएको हो । प्रकृतिक श्रोत सम्पदाको धनि गुल्मी, प्रयाटकिय क्षेत्र रुरु रेसुङ्गालाई बिश्व सामु चिनाउने अभिप्रयाले गुल्मी टुडे डटकमले यस्तो प्रयासको थालनी गरेको सम्पादक तथा संञ्चालक मान बहादुर कुवँरले जानकारी दिनुभयो ।
गुल्मी जिल्लाका ऐतिहासिक, धार्मिक एबं पर्यटकिय स्थानहरुको स्वदेश तथा बिदेशमा चिनाउने र जिल्लामा पर्यटकहरुको आगमनलाई बृद्धि गर्ने उदेश्यकका साथ फोटो प्रतियोगित संञ्चालन गरिएको अनलाईन खबर पत्रिका गुल्मी टुडे डट कमका संञ्चालक एबं सम्पादक कुवँरले जानकारी दिनु भयो । गत मंसिर महिना भर संञ्चालन गरिएको फोटो प्रतियोगितामा २ सय ७७ जनाले जिल्लाका ऐतिहासिक, पर्यटकिय तथा धार्मिक स्थलहरुको फोटो पठाएर प्रतियोगितमा सहभागिता जाएका थिए । फोटो प्रतियोगितामा सहभागि मध्ये उत्कृष्ट एबं प्रथम सुर्र्यधर कुवँरले पठाउनु भएको गुल्मीको रिडीमा रहेको अचम्मेश्वर गुफाको तस्विर प्रथम भएको छ भने द्धितिय हुनेमा तेजेन्द्र थापाले पठाउनु भएको गुल्मीको शान्तिपुरमा रहेकोधरतीको अनुपम उपहार टिमुरे तालको तस्विर रहेको छ । यस्तै प्रतियोगितामा तृतिय हुनेमा गुल्मीको भार्सेको भ्यालडाडामा हुने प्याराग्लाईडिङ्गको तस्विर रहेको सम्पादक कुवँरले जानकारी दिनु भयो । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेहरुलाई रेसुङ्गा हस्पिटल प्रा।लिको तर्फबाट मायाको चिनो सहति नगद रु २ हजार, १५सय र १ हजारले सम्मान गरिने बताईएको छ । पुरस्कारको सौजन्य गुल्मीको सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा हस्पीटल प्रालि प्रायोजन गरेको थियो । अनलाईन खबर पत्रिका गुल्मी टुडे डट कमले गत वर्ष पनि फोटो प्रतियोगित संञ्चालन गरेको थियो गत वर्षको तुलनामा यो वर्ष ९५ प्रतिशत वढी प्रतिशपर्धिहरुले प्रतियोगतामा सहभागि भएका थिए । जिल्लामा रहेका ऐतिहासिक, धार्मिक एबं पर्यटकिय स्थानहरुको बारेमा परिचित गराउनमा महत्वपुर्ण सहयोग पुग्ने उदेश्यले आगामी वर्षहरुमा पनि प्रतियोगितालाई निरन्तरता दिने सम्पादक कुवँरले जानकारी दिनु भयो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.