"2513058968709111" /> १८ औं सार्क शिखर सम्मेलनको महत्वपूर्ण उपलव्धीका रुपमा उर्जा सहकार्य सम्झौतामा हस्ताक्षर - अनिश शर्मा गैरे
Breaking News
recent

१८ औं सार्क शिखर सम्मेलनको महत्वपूर्ण उपलव्धीका रुपमा उर्जा सहकार्य सम्झौतामा हस्ताक्षर

१८ औं सार्क शिखर सम्मेलनको महत्वपूर्ण उपलव्धीका रुपमा उर्जा सहकार्य सम्झौतामा हस्ताक्षर भएको छ ।
सार्क राष्ट्रका कार्यकारी प्रमुखहरुको उपस्थितिमा सदस्य मुलुकका विदेश मन्त्रीहरुले सो सम्झौतामा हस्ताक्षर गरेका छन् ।
यो सम्झौताले बिजुली उत्पादन, प्रसारण र व्यापारमा सहज हुने छ । सार्कका ८ वटै मुलुकहरुले अब एक अर्का देशलाई बिजुली बेच्न सक्ने र किन्न पनि सक्ने बाटो खुलेको छ ।
पाकिस्तानको असहमतिका कारण सार्क रेलवे कनेक्टिभिटी र रोडक कनेक्टिभिटी सम्बन्धी सम्झौतामा हस्ताक्षर हुन नसकेको परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले बताएका छन् । पाकिस्तानले आन्तरिक तयारी नपुगेको भन्दै सडक सन्जाल जोड्ने र रेलवे जोड्ने दुवै सम्झौतामा असहमति जनाएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.