"2513058968709111" /> काठमाडौं घोषणापत्र जारी गर्दै सार्क शिखर सम्मेलन समापन - अनिश शर्मा गैरे
Breaking News
recent

काठमाडौं घोषणापत्र जारी गर्दै सार्क शिखर सम्मेलन समापन

मङिसर ११
दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को दुई दिन १८ औं शिखर सम्मेलन ३६ बुँदे घोषणापत्र जारी गर्दै समापन भएको छ ।
हिजो राजधानीमा सुरु भएको सम्मेलन आज सकिएको हो । काठमाडौं घोषणापत्र नाम दिइएको घोषणापत्रमा ऊर्जा सहकार्यमा सम्झौतासहितका विषयहरु रहेका छन् । समापन समारोमा १९ औं सार्क शिखर सम्मेलन दुई बर्षपछि पाकिस्तानमा गर्ने पनि निर्णय गरिएको छ ।
त्यस साथै घोषणापत्रमा सार्कलाई १५ बर्ष भित्र आर्थिक संघ बनाएर अघि बढाउनेलगातका विषयहरु रहेका छन् । सवारी साधन र रेल(वेमा प्रारम्भिक सहमति गर्ने र तीन महिनाभित्र त्यसको टुंगो लगाएर सम्झौता गर्नेमा आठै राष्ट्र सहमत भएका छन् ।
कुन कुन रुट चयन गर्ने प्राविधिक प्रक्रिया पुरा नभएको कारण यसको प्रारम्भिक सहमति मात्र भएको बताइएको छ । आगामी तीन महिनामा बस्ने कार्यक्रम समितिको बैठकले यसको टुंगो लगाएर छ महिना पछि हुने मन्त्रीस्तरीय बैठकमा सम्झौता गर्ने र काम गर्ने प्रतिवद्धता जाहेर छ ।
सार्क सचिवालयलाई अझ बलियो बनाउने निर्देशहरु सचिव स्तरमा पठाउने लगायतको विषयमा सहमति रहेको छ । यद्यपी घोषणापत्रमा भने सार्कको सुदृढिकरण गर्ने र सार्क सचिवालयलाई बलियो बनाउने विषय रहेको छ ।
सार्कमा ब्याप्त आतंकवाद, उग्रवाद र धार्मिक अतिवाद नियन्त्रण गर्नका लागि त्यसको संयन्त्र बनाएर अघि बढ्ने उल्लेख छ । यसअघिका प्रतिवद्धता पुरा गर्नका लागि पनि विभिन्न उपसमितिहरु बनाएर काम अघि बढाउने जस्ता विषयहरु परेका छन् । भिसा सरलीकरण जन स्तरको सम्वधलाई स्थापित गराउने विषय पनि यसमा परेको छ ।
 गरिबी, भोकमरी, आतङकवाद, सीमापार अपराध, साना हतियार तथा लागू पदार्थको ओसारपसारको नियन्त्रणमा घोषणामा जोड गर्ने भएको छ ।


No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.