"2513058968709111" /> कांग्रेस एमाले लचिलो नभए सशक्त आन्दोलन गर्ने २२ दलिय मोर्चाको निस्कर्ष ।। - अनिश शर्मा गैरे
Breaking News
recent

कांग्रेस एमाले लचिलो नभए सशक्त आन्दोलन गर्ने २२ दलिय मोर्चाको निस्कर्ष ।।

मङ्सिर १३
एकीकृत नेकपा माओवादी नेतृत्वको २२ दलिय मोर्चाले कांग्रेस एमाले सहमतिका लागि लचिलो नभए सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ । बिहान एकीकृत नेकपा माओवादी संसदिय दलको कार्यालय सिंहदरबारमा बसेको मोर्चाको बैठकले सहमतिका लागि कांग्रेस र एमालेलाई केही दिन समय दिने निणर्य समेत गरेको छ । मोर्चाको बैठकले सहमतिका लागि अझै अन्तीम प्रयास गर्ने निर्णय गरेको हो । बैठक पछि एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफुहरुको पहिलो जोड सहमतिकै लागी हुने बताउनु भयो । यदि सहमति नै भएन भने जनताकोबीचमा गएर आन्दोलन गर्ने प्रचण्डले बताउनु भयो । सार्क सम्मेलन सबैको सहयोगमा सफल भएको मोर्चाले ठहर गरेको छ । भोलीदेखी बस्ने संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठकलाई निस्कर्षमा पु¥याउनु पर्ने पनि मोर्चाले जनाएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.