"2513058968709111" /> वैदेशिक रोजगारीको क्रमलाई रोक्न ६५ लाख खर्च, विदेश गएर फर्केका लाई प्राथमिकता ।। - अनिश शर्मा गैरे
Breaking News
recent

वैदेशिक रोजगारीको क्रमलाई रोक्न ६५ लाख खर्च, विदेश गएर फर्केका लाई प्राथमिकता ।।

मङिसर १०
युवाहरुको बैदेशिक रोजगारीमा जाने क्रम रोक्न जिल्ला कृषि विकास कार्यालय बैतडीले नयाँ स्वरोजगार अभियान सुरु गरेको छ ।
 कृषि कायाल्यले त्यसका लागि  ६५ लाख रुपया खर्च गर्ने भएको छ । अहिले जिल्लाबाट बैदेशिक रोजगारीमा जानेको संख्या अत्याधिक बढ्न थालेपछि यसलाई कम गरी युवाहरुलाई स्वरोजगार बनाउन उक्त रकम खर्चन लागिएको हो । दिनानुदिन ठुलो संख्यामा विदेशिन लागेका युवाहरुलाई स्वदेसमै राखेर व्यवसायिक बनाउन युवा लक्षित कार्यक्रम मार्फत ६५ लाख १० हजार रुपयाँ खर्च गर्न लागिएको जिल्ला कृर्षिविकास कार्यालयका बाली संरक्षण अधिकृत तोयानाथ जोशीले बताउनुभयो ।तरकारी खेती, मौरी पालन र च्याउ खेतीको लागि व्यवसाय गर्न चाहाने  प्रत्येक युवालाई ४० हजारका दरले अनुदान दिन लागिएको जोशिले बताउनुभयो  । कार्यालयले १८ वर्ष देखि ४८ वर्ष सम्मको १ सय २० जना युवाहरुलाई तालिम दिइ युवालाईलाई कृषि व्यवसायमा लगाई कृषिलाई व्यवसायीकण गराउन उद्देश्य लिएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.