"2513058968709111" /> पर्वतका बिद्यालयमा चेतनामुलक कार्यक्रम कक्षाकक्षामा ।। - अनिश शर्मा गैरे
Breaking News
recent

पर्वतका बिद्यालयमा चेतनामुलक कार्यक्रम कक्षाकक्षामा ।।

मङिसर १०
सामुदायिक सेवा समाज पर्वत र सामुदायिक प्रहरीको आयोजनामा जनचेतनामुलक कार्यक्रम अभियानका रुपमा सञ्चालन भएको छ । पहिलो चरणमा बिद्यालयका कक्षाकक्षामा जनचेतनामुलक कार्यक्रम शुरु भएको छ । बिद्यालयका बिद्यार्थीहरुलाई लागु औषध दुव्र्यसनी तथा घरेलु हिँसाको बारेमा कक्षाकोठामै पुगेर चेतनामुलक प्रशिक्षण दिन शुरु भएको हो । जिल्ला सदरमुकाम कुश्मा स्थित नमूना उच्च माबिका बिद्यार्थीहरुलाई सचेतनामुलक प्रक्षिक्षण दिएर अभियानको शुरुवात गरिएको हो । बिद्यार्थीहरु बिद्यालय उमेरमा बढि जिद्धि स्वभावको हुने र उनीहरुले आफुले भनेको जस्तो नभए अनेक खालका गलत बाटो रोज्ने गरेको पाईएकाले पहिलो चरणमा कक्षाकोठामै पुगेर सचेतना मुलक कार्यक्रम शुरु गरेको सामुदायिक प्रहरी केन्द्रका प्रमुख बद्रिनाथ शर्माले बताउनुभयो  । सामुदायिक सेवा समाजका अध्यक्ष मानकुमारी गिरिका अनुसार पहिलो चरणमा बिद्यालयमा सचेतनामुलक कार्यक्रम त्यसपछि पर्वतका धार्मिक स्थलहरुको सरसफाई, लागुऔषध नियन्त्रण अभियान, अनाधिकृत लागुऔषध बिक्री बितरणमा कडाई, घरेलु हिँसा नियन्त्रण जस्ता कार्यक्रम गर्न थालिएको छ । यो अभियानले समाजमा बढ्दै गरेका बिकृतिहरुको निर्मुल गरि सभ्य समाजको निर्माण गर्ने उद्धेश्य राखेको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.