"2513058968709111" /> ऐतिहासिक इस्माकोटमा महायज्ञ सञ्चालन हुने - अनिश शर्मा गैरे
Breaking News
recent

ऐतिहासिक इस्माकोटमा महायज्ञ सञ्चालन हुने

मङिसर १०
 बाइसे चौबिसे राज्य अन्तर्गतको तत्कालिन इस्मा राज्य को इस्माकोटमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । नेपाल एकिकरणको बेला बहादुर शाहाले इस्मा राज्य आक्रमण गर्दा मृत्यु भएका सयाँै सैनिक, इस्मालीहरुको सम्झनामा यज्ञको अयोजना गरिएको श्रीमद्भागवत सप्ताह ज्ञान महाय व्यावस्थापन समितिका संयोजक चन्द्र बहादुर महतले बताए ।
श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ मंसिर १४ देखि २१ गते सम्म संचालन हुने आयोजकलले जनाएको छ । युवा पण्डित कृष्ण प्रसाद घिमिरे तथा कृष्ण प्रसाद अर्यालको मुखारबृन्दबाट सप्ताह महायज्ञ श्रीमद् भागवत महापुराण तथा प्रवचन हँुदैछ । तत्कालिन इस्मा राज्य अन्तर्गतका दिवङगत पुर्खाको चीर शान्ति र आत्ममोक्षका लागि इस्मा राज्यका तत्कालिन अन्तिम राजा गोविन्द सिंह राठौरका साताँै सन्ततिहरूद्वारा सवैका पितृ उद्वार गर्ने उदेश्यका साथ यज्ञको आयोजना गरिएको हो । तत्कालिन इस्मा राज्यका अन्तिम राजा गोविन्द सिंह राठौरका सातौँ पुस्ताका सन्ततिहरू दाङ, सल्यान र काठमाडौंमा बस्दै आएका छन् ।
प्राचिन इस्मामा बर्तमान गाविसहरू इस्मा रजस्थल, दोहली, छापहिले, अर्जै, अम्मपुर, घमिर, मर्भुङ, सिर्सेनी, बाँझकटेरी, म्यालपोखरी, पुर्कोटदह, अग्लुङ, मलागीरी, अर्खबाङ, ह्वाङदी, दर्लिङ, नेटा, पौँदी अमराई, ग्वालीचौर (वाग्लुङ) जलजला (बाग्लुङ)  पर्छन् । महायज्ञमा पहिलो दिन पञ्चैबाजा सहित कलश शोभायात्रा सहित उद्घाटन, प्रत्येक दिन बिहान ७ बजेदेखि श्रीमदभागवत महापुराण बाचन, रुद्रिपाठ, चण्डीपाठ तथा बिभिन्न भक्ति संगित प्रस्तुत गरिने इस्माकोट मनकामना पुजा संचालक समिति अध्यक्ष लक्ष्मण बिष्टले बताए ।
साथै ऐतिहासिक इस्माकोटको प्रचार प्रसार एवं आन्तरिक पर्यटनको निम्ति सघाउ पु¥याउन यस्तो महान धार्मिक कार्य सञ्चालन गर्न लागेको अध्यक्ष बिष्टको भनाई छ । तत्कालिन समयमा मृत्युबरण गरेका आफ्ना भाई भारदार तथा पितृ उद्वारको निम्ति संचालन गरिएको महायज्ञमा सहभागी भई पुण्य प्राप्त गर्न आयोजकले सवैमा अनुरोध पनि गरेको छ ।
‘२४ मौजा’ इस्मा नामले प्रचलित ईस्मा राज्यको सिमाना पश्चिममा अग्लुङको उकालो देखि झिमरुक सम्म उत्तरमा हालको बाग्लुङको ग्वालीचौर सम्म दक्षिणमा धुर्काेट सम्म र पूर्वमा मुसिकोट राज्य सम्म फैलिएको थियो । क्षेत्रफलको हिसाबले २४ मौजामा फैलिएको र विर योद्धाका हिसाबले अत्यन्त आँटिला र विर लडाकु रहेको इस्मा राज्य चौविसे राज्य मध्ये बलियो र दह्रो राज्यको रुपमा परिचित रहेको थियो । छैठौँ ठकुरी राजा गोविन्दसिंह राठौरको राज्य अवधिमा नेपाल एकीकरणको अभियान पश्चिममा पुगेको थियो । सोही क्रममा बहादुर शाहले चौबीसे राज्यमाथी हमला गर्दा नेपाली सोनाले वि.सं. १८४३ साल आश्विन ४ गते इस्मा राज्यमाथि बिजय हासिल गरेको इतिहासमा उल्लेख छ ।
इस्माकोटमा विजयादशमीमा नौँ दिन तथा चैत्राष्टमीको अवसरमा बिशेष पुजा गर्ने गरिन्छ । इस्मा कोटमा अहिले नेपाली सेनाको टुकडी बस्दै आएको छ । इस्मा क्षेत्रमा अहिले बिद्युत, विद्यालय, खानेपानी, मोटरबाटो जस्ता विकासका नयाँ आधारभूत आवश्यकता विस्तारै पुरा भइरहेका छन् । इस्मा क्षेत्रमा विविध जातजाति, पेशा व्यावसाय, धर्म संस्कृति अगाल्ने मानिसहरु बसोबास गर्छन । ठाउँ ठाउँमा मन्दिरहरु निर्माण भएका छन् । समग्रमा इस्मा राज्य एउटा पर्यटकीय स्थलको रुपमा खडा भएपनि पुराना मौलिक लोक संस्कृति परम्परा, प्राकृतिक सम्पदा संरक्षण र प्रचार प्रसारको पर्खाइमा रहेका छन् ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.