"2513058968709111" /> ईलाका प्रहरी कार्यालय चन्द्रकोट शान्तिपुरको भौतिक अवस्था अत्यन्तै नाजुक ।। - अनिश शर्मा गैरे
Breaking News
recent

ईलाका प्रहरी कार्यालय चन्द्रकोट शान्तिपुरको भौतिक अवस्था अत्यन्तै नाजुक ।।

मङिसर १०
२०३२ सालमा स्थापना भएको इलाका प्रहरी कार्यालय चन्द्रकोटको भौतिक अवस्था अन्तयन्तै नाजुक रहेको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीले शान्तिपुर गाविसमा स्थानीय संग गरेको अन्तरक्रिया कार्यक्रमा बोल्ने अधिकांशले इलाका प्रहरी कार्यालय चन्द्रकोटको स्तर बृद्धि गरि भौतिक संरचना निर्माण हुनुपर्ने माग गरेको थिए । प्रहरीको सेबा प्रबाहलाई स्तरीय बनाउन भौतिक संरचनाको पनि उत्तिकै आवश्यक पर्ने कुरामा स्थानियहरुको जोड रहेको थियो ।
स्थानीय समाजसेवि गणेश थापाले ईलाका प्रहरी कार्यालयमा कम जनशक्ति हुँदा गाउँलेहरुले प्रहरी माथी दादागिरी देखाउने गरेकाले कतिपय अवस्थामा प्रहरीलाई गाउँले सुरक्षा दिने अवस्था सिर्जना भएको बताउनुभयो । उचित भौतिक संरचना नहुनु, दरबन्दी अनुसारका प्रहरी नहुनु लगायतका समस्याले गर्दा शान्ति सुरक्षाका लागी बसेका प्रहरीहरुको गाउँलेहरुले सुरक्षा गर्नुपर्ने अवस्था रहेको थापाले बताउनुभयो । स्थानीयहरुले ईलाका प्रहरी कार्यालय चन्द्रकोटमा दरबन्दी अनुसार प्रहरी कर्मचारी हुनुपर्ने समेत माग गरेका थिए । घर भाडामा लिएर बसेको उक्त प्रहरी कार्यालयको छिटो भन्दा छिटो स्तर बृद्धि हुनु पर्ने साथै गाउँका झिना मसिना समस्याहरु गाउँ स्तरबाटै समाधान गर्न पाउनुपर्ने स्थानियको माग छ । साथै गाउँलेहरुले गाउँले सँग प्रहरीको पहुँचलाई विस्तार गर्नको लागि यस्ता अन्तरक्रियाहरु समय समयमा हुनुपर्ने ताएका थिए । साथै स्थानीय राजु विकले गाउँमा क्लबहरुको सक्रियतामा मदिरा निषेधित गर्ने कार्यक्रम सुरु गरेको भएपनि केहि स्थानियको दादागिरी र प्रहरीले समयमै निगरानी बढाउन नसक्दा क्लवका युवाहरु निरिह बन्नुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो । त्यस्तै स्थानियहरुले ब्यक्तिगत प्रतिशोधका कारण निर्दोष ब्यक्तिलाई कारबाही नहुने र दोषी उम्कने अवस्था न्युनिकरण गर्न चनाखो बन्न प्रहरीलाई आग्रह गरेको थिए । स्थानीयहरुलाई सम्बोधन गर्दै प्रहरी नायव उपरिक्षक हिमालय कुमार श्रेष्ठले प्रहरी र स्थानीयहरु विचको सम्बन्ध सधै नङ र मासुको जस्तो हुनुपर्ने बताउनुभयो । साथै उहाँले प्रहरीले निश्पक्ष रुपमा शान्ति सुरक्षा तथा न्याय सम्पादन गर्नको लागि क्रियाशिल रहेकोले प्रहरीलार्इं सहयोग गर्न पनि स्थानीय संग अनुरोध गर्नुभएको थियो । साथै उहाँले गाउँलेहरुको अगाडि प्रहरीको सानो समुहले केहि गर्न नसक्ने भएकोले स्थानियको साथ र सहयोग भए मात्रै प्रहरी सेवा पनि थप प्रभावकारी बन्ने कुरामा जोड दिनुभयो । साथै उहाँले ईलाका प्रहरी कार्यालयका प्रहरी कर्मचारीहरुलाई जनताका समस्या एकदमै छिटो समाधान गर्न र समाधान गर्न नसके जिल्ला प्रहरी कार्यालयमा खबर निर्देशन दिनुभएको छ । साथै उहाँले प्रहरी गस्तीलाई निरन्तरता दिँदै टोल सुधार समितिलाई सक्रिय बनाउन पनि आफू मातहतको प्रहरी युनिटलाई निर्देशन दिनुभएको छ । यस्तै जिल्ला प्रहरी कार्यालय गुल्मीको आयोजनामा उदय उच्च माध्यमिक बिद्यालय शान्तिपुरमा स्कूल शिक्षा कार्यक्रम सम्पन्न भएको छ । कक्षा ८ देखि १२ सम्मका बिद्यार्थीहरुलाई प्रहरीले स्कूल शिक्षा कार्यक्रम प्रदान गरेको हो । प्रहरीले बिद्यार्थीहरुलाई ट्राफिक नियम, घरेलु हिंसा, लागू पदार्थ दुब्र्यसन, आत्महत्या, बिद्युतिय अपराध लगायतका बिषयमा प्रशिक्षण दिएको थियो । जिल्ला भर अभियाननै संचालन गरेको गुल्मी प्रहरीले जिल्लाका ११ वटा क्याम्पस तथा बिद्यालयहरुमा सचेतना कक्षा सम्पन्न गरिसकेको प्रहरी निरिक्षक अम्बिका गुप्ताले जानकारी दिनुभयो । पहिलो चरणमा क्षेत्रगत रुपमा आफ्नो अभियान संचालन भएको बताउँदै निरिक्षक गुप्ताले दोस्रो चरणमा जिल्लाका सवै ठाउँमा पुग्ने जानकारी दिनुभयो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.