"2513058968709111" /> सार्कको उद्घाटन समारोह सकियो ।। - अनिश शर्मा गैरे
Breaking News
recent

सार्कको उद्घाटन समारोह सकियो ।।

मङिसर १०
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८ औँ शिखर बैठकले मन्त्रिपरिषद्को ३६ औँ बैठकले पारित गरेको प्रतिवेदनलाई अनुमोदन गरेको छ । आज बिहान यहाँ सुरु भएको शिखर सम्मेलनमा सदस्य राष्ट्रका परराष्ट्र÷बाह्य मामिलामन्त्री सम्मिलित मन्त्रिपरिषद्ले पारित गरेको उक्त प्रतिवेदनलाई अनुमोदन गरिएको हो । शिखर सम्मेलनमा आयोजक राष्ट्र नेपालका प्रधानमन्त्री सुशील कोइराला सार्कको अध्यक्षमा निर्वाचित भएलगत्तै सदस्य राष्ट्रका प्रमुख र पर्यवेक्षकहरुको सम्बोधनपछि प्रधानमन्त्री कोइरालाले मन्त्रिपरिषद्को उक्त प्रतिवेदन अनुमोदनका लागि प्रस्ताव गर्नुभएको थियो । सार्क बडापत्रको प्रावधानअनुसार शिखर सम्मेलन सुरु हुनुअघि सदस्य राष्ट्रका विदेश सहसचिवस्तरीय कार्यक्रम समिति, सचिवस्तरीय स्थायी समिति र मन्त्रिस्तरीय मन्त्रिपरिषद्ले कार्यसूची पारित गरेपछि त्यसलाई राष्ट्राध्यक्ष÷सरकार प्रमुखको शिखर सम्मेलनमा अनुमोदन गर्ने गरिन्छ । त्यस अवसरमा सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले अठारौँ सार्क शिखर सम्मेलनको विशेष संस्मरणात्मक हुलाक टिकटमा प्रकाशनको प्रथम दिवसीय टाँचा लगाई सदस्य राष्ट्रका सबै राष्ट्राध्यक्ष÷सरकार प्रमुखलाई प्रदान गर्नुभएको थियो । त्यसपछि, प्रधानमन्त्री कोइरालाले शिखर सम्मेलनको पहिलो दिनको उद्घाटनसत्र समापन भएको घोषणा गर्नुभयो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.