"2513058968709111" /> एक भएर अघि बढ्नुपर्ने राष्ट्रप्रमुखहरुको प्रतिवद्धता ।। - अनिश शर्मा गैरे
Breaking News
recent

एक भएर अघि बढ्नुपर्ने राष्ट्रप्रमुखहरुको प्रतिवद्धता ।।

मङिसर १०
दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कको १८ शिखर सम्मेलन उदघाटन कार्यक्रममा सार्क देशका प्रमुखहरुले दक्षिण एशियाको विकासका लागि एक भएरु लाग्ने प्रतिवद्धता जनाएका छन । उनीहरुले आफ्नो देशले गर्ने सहकार्य र कायोजना पनि पेश गरेका छन् । शिखर सम्मेलन उदघाटनमा अफगानिस्तान, भुटान, बंगलादेश, भारत, मालदिभ्स, पाकिस्तान र श्रीलंकाका सरकार प्रमुख एवं राष्ट्र प्रमुखहरुले मन्तव्यमार्फत आ–आफ्नो दृष्टिकोण प्रस्तुत गरेका हुन् । पाकिस्तानले दक्षिण एशियाको विकास र सम्वृद्धिका लागि विश्वकै आर्थिक महाशक्ति बन्दै गरेको चीनको भूमिका महत्वपूर्ण रहेको प्रष्ट पारेको छ । पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले चीनको भूमिकालाई स्वीकार गर्नुपर्ने बताउनुभयो । सरिफले दक्षिण एशियाका देशहरु आपसमा लड्ने होइन यहाँका साझा समस्याविरुद्ध एकजुट भएर लड्न ढिला भइसकेको बताउनुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादलाई अन्त्य गर्न सार्कका सबै सदस्य राष्ट्रहरुलाई आह्वान गर्नुभयो । उहाँले सार्कले जनताका मुद्दाका विषयमा काम गर्न नसकेको बताउनुभयो ।   भारतका प्रधानमन्त्री मोदीले सार्क राष्ट्रहरुको सबैभन्दा ठूलो कमजोरी भौतिक पूर्वाधार रहेको बताउनुभयो । उहाँले सार्क देशबीच केबल १० प्रतिशत मात्रै व्यापार भएको तथ्यांक पेश गर्नुभयो । सार्क सम्मेलनमा सरकार प्रमुखको हैसियतमा पहिलोपटक सहभागी भएका मोदीले १८ औं सार्क शिखर सम्मेलन आयोजक राष्ट्र नेपाललाई बधाइ समेत दिनुभयो । अफगानी राष्ट्रपति मोहम्मद असरफ घानीले दक्षिण एशियालाई फिसा फ्री क्षेत्र बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । सार्क शिखर सम्मेलनलाई सम्बोधन गर्दै घानीले भिसा फी दक्षिण एशिया र सिमापार अपराध तथा हिंसा विरुद्ध एकजुट हुन सदस्य राष्ट्रहरुलाई आग्रह गर्नुभयो । श्रीलंकाका राष्ट्रपति महिन्दा राजपाक्षले भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीदेखि सिंगो दक्षिण एशियालाई बुद्धिष्ट सांस्कृतिक सर्किट बनाउनुपर्ने प्रस्ताव गर्नुभयो ।


No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.