"2513058968709111" /> सहकार्यका साथ अघि बढ्न पर्यविच्छेकहरुको सुझाव ।। - अनिश शर्मा गैरे
Breaking News
recent

सहकार्यका साथ अघि बढ्न पर्यविच्छेकहरुको सुझाव ।।

मङिसर १०
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०को १८ औँ शिखर सम्मेलनमा सहभागी पर्यवेक्षकहरुले सार्कको विकासका लागि सामूहिकरुपमा लाग्न सबै सार्क सदस्य राष्ट्रलाई सुझाव दिएका छन् ।  काठमाडौँमा सुरु भएको सो शिखर सम्मेलनमा पर्यवेक्षक राष्ट्रका रुपमा सम्बोधन गर्दै प्रतिनिधिहरुले हाल सार्क क्षेत्रमा विद्यमान आतङ्कवाद, गरिबीलगायतका समस्याको समाधानका लागि पनि सबैलाई सुझाव दिनुभयो । सार्कको पर्यवेक्षकका रुपमा बोल्दै अष्ट्रेलियाका ब्रेट म्यासनले दक्षिण एसिया धेरै सम्भावनाको खानी भएकाले यसलाई अर्थपूर्ण रुपमा उपयोगमा ल्याउन सबै राष्ट्रको सामूहिक प्रयासको खाँचो औँल्याउनुभयो । त्यसैगरी चीनको पर्यवेक्षण समूहका प्रमुख लिउ जेनमिनले चीनले दक्षिणी एसियाली यस सङ्गठन तथा यस क्षेत्रका देशहरुमा कृषि, विपद् व्यवस्थापन, आर्थिक विकास, विज्ञान प्रविधि एवम् प्रविधिको क्षेत्रमा विकास सहयोग गर्दै आएको जानकारी दिनुभयो । चीनले दक्षिण एसिया शान्ति मञ्चका माध्यमबाट यस क्षेत्रमा शान्ति स्थापना र अन्य आर्थिक साझेदारीका कामहरु गर्न चाहेको पनि बताउनुभयो । त्यसैगरी इरानका अब्बास अखाउन्डीले दक्षिण एसिया निकै ठूलो युवा जनशक्ति भएको क्षेत्र भएकाले यो जनशक्तिको विकास गर्दै दक्षिण एसियाको सम्भावनालाई मध्य र पश्चिम एसियामा पनि जोड्न आग्रह गर्नुभयो । जापानको पर्यवेक्षण समूहका प्रमुख एवम् नेपालका लागि नेपाली राजदूत मासासी ओगावाले जापानले आर्थिक विकासको सम्भावनाका क्षेत्रका बारेमा अध्ययन गर्ने भन्दै यस क्षेत्रमा रहेको ऊर्जाको उत्पादन र विस्तारको सम्भावनाको सदुपयोगका लागि आग्रह गर्नुभयो ।


No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.