"2513058968709111" /> सार्कमा दुईपक्षीय वार्ता, भारत पाकिस्तान प्रधानमन्त्री छलफल अनिश्चित ।। - अनिश शर्मा गैरे
Breaking News
recent

सार्कमा दुईपक्षीय वार्ता, भारत पाकिस्तान प्रधानमन्त्री छलफल अनिश्चित ।।

मङिसर १०
सार्क सम्मेलनको उद्घाटन सकिएपछि सार्क राष्ट्रका प्रमुखहरुले दुईपक्षीय वार्ता गरेका छन् । साइडलाइन वार्ताका क्रममा दुईपक्षीय सम्बन्ध बलियो बनाउने र सहयोग आदान प्रदान गर्ने विषयमा छलफल केन्द्रित भएको छ । भारत र पाकिस्तानका प्रधानमन्त्रीबीच भने भेटवार्ता भएको छ ।  प्रधानमन्त्री सुशील कोइरालाले अठारौँ सार्क शिखर सम्मेलनमा सहभागी हुन आउनुभएका सदस्य राष्ट्रका राष्ट्राध्यक्षरसरकार प्रमुखसँगको भेटवार्ता गर्नुभएको छ । विशिष्ट पाहुनाहरु रहनुभएको होटल सोल्टीमा पुगेर प्रधानमन्त्री कोइरालाले उहाँहरुसँग द्विपक्षीय भेटवार्ता सुरु गर्नुभएको हो । प्रधानमन्त्री मोइरालालाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ लगायत सातवटै राष्ट्रका राष्ट्रप्रमुखसँग छलफल भएको छ । भेटवार्तामा उहाँले दुई देशबीचको सम्बन्ध, आपसी हित र सार्कलाई प्रभावकारी तुल्याउने सम्बन्धमा केन्द्रित रहेर छलफल भएको छ ।  भेटवार्तामा परराष्ट्र मन्त्री मेहन्द्रबहादुर पाण्डे, पूर्व उपप्रधानमन्त्री एवम् पूर्व परराष्ट्र मन्त्री सुजाता कोइराला, परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव शङ्करदास बैरागीलगायत मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.