"2513058968709111" /> तीन दिन पहिले अस्पताल भर्ना भएका ब्राजिलियन फुटबल खेलाडी पेलेको स्वास्थ्य अवस्था सुधारिदै ।। - अनिश शर्मा गैरे
Breaking News
recent

तीन दिन पहिले अस्पताल भर्ना भएका ब्राजिलियन फुटबल खेलाडी पेलेको स्वास्थ्य अवस्था सुधारिदै ।।

मङ्सिर १२
तीन दिन पहिले अस्पताल भर्ना भएका ब्राजिलियन फुटबल खेलाडी पेलेको स्वास्थ्य अवस्था सुधारिदै गएको छ । पिसाबमा संक्रमण भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका ७४ वर्षीय पेलेको स्वास्थ्य अवस्था सुधारिएपछि उनलाई अलगै वार्डमा सारिएको जनाइएको छ ।
तीन दिनमा उनको स्वास्थ्य अवस्थामा सुधार आएको अस्पतालले जनाएको छ ।  पेले आफैले ट्वीटरमार्फत आफ्नो स्वास्थ्यमा सुधार आइरहेको जानकारी दिएका छन् । यसअघि अस्पताल भर्ना गरिएका पेलेको स्वास्थय अवस्था गम्भिर रहेकाले उनलाई आइसीयुमा राखेर उपचार गराइएको अस्पतालले जनाएको थियो ।
ब्राजिललाई सन् १९५८, १९६२ र १९७० गरी तीनपटक विश्वकप फुटबलको उपाधि जिताएका पेलेले देशका लागि कुल ९१ खेलमा ७७ गोल गरेका थिए । उनले आफ्नो खेल करीयरमा खेलेका १३ सय ६३ खेलमा १२ सय ८१ गोल गरेका थिए ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.