"2513058968709111" /> रिडीमा नेपालकै नमूना तिनमुखे पुलको शिलान्यास हुँदै - अनिश शर्मा गैरे
Breaking News
recent

रिडीमा नेपालकै नमूना तिनमुखे पुलको शिलान्यास हुँदै

मङ्सिर १२
गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगमस्थल रिडीमा नेपालकै नमूना तिनमुखे पुल९ट्रिज० निर्माण हुने भएको छ । रुरु क्षेत्रको विकास, विस्तार एवं पर्यटकीय प्रबद्र्धनमा अग्रणीय भूमिका खेल्ने लक्ष्य लिइएको यो पुलको शिलान्यास यही मंसिर १५ गते रिडीमा गरीने भएको छ । गुल्मी क्षेत्र नम्वर २ का सभासद चन्द्र भण्डारी एवं नेपालका सरकारका मुख्य सचिव लिलामणी पौडेलले एक समारोहवीच पुलको शिलान्यास गर्ने कार्यक्रम रहेको बताइएको छ । कुल ९ करोड ८८ लाख लागत लक्ष्य लिएको ‘संगम वृज कालीगण्डकी रिडी दोभान’ नामक उक्त पुलको निर्माणको सम्झौता गत असारमा भएको पुल निर्माणको लागी योजना प्रमुख कुमार थापाले बताउनु भएको छ । काठमाडौंस्थित नयाँबाटो÷रुवीना÷मना जेवीे कष्ट्रक्सनसँग उक्त पुलको निर्माण २०७४ साल असार सम्ममा सक्नुपर्ने सम्झौता भएको पनि थापाले बताउनु भएको छ । गुल्मीको रुरु गाविस, स्याङ्जाको चण्डीभन्ज्याङ गाविस र पाल्पाको अर्गली गाविस जोड्ने उक्त ट्रिजपुल निर्माणसँगै रुरु क्षेत्र धार्मिक, ऐतिहासिक महत्वसँगै पर्यटकीय गन्तव्यस्थल बन्नेछ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.