"2513058968709111" /> चार वर्षिया वालिका वलत्कार उद्योगी कारागार चलान - अनिश शर्मा गैरे
Breaking News
recent

चार वर्षिया वालिका वलत्कार उद्योगी कारागार चलान

मङ्सिर १२
केहि महिना अघि चार वार्षिया वालिका वलत्कार उद्योगका अभियोगी गुल्मी रुरुका एक व्यक्ति कारागार चलान भएका छन् । गत असार २८ गते चार वर्षिया दुधे वालिकालाई जवर जस्ती करणी उद्योग गरेको अभियोगमा  रुरु गाविस वडा नम्वर ४ का १९ वर्षिय  लक्ष्मण वागवल थापालाई जिल्ला अदालत गुल्मीले ५ वर्ष कारावास सजाएँको फैसाला गरेको हो ।
निजलाई जिल्ला न्यायधिष ऋषिराम आर्चायको ईजलासले उक्त कारवास सजाएँको फैसाला गरे पछि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । उता जवर जस्ती करणी कै अर्को एक मुद्धाका आरोपीले भने जिल्ला अदालतबाट सफाई पाएको अदालत श्रोतले जानकारी दिएको छ ।
   साउन ७ गतेका दिन ५ वर्षिया वालिकालाई जवर जस्तीकरणीको आरोपमा पुर्वक्षका लागि थुनामा राखिएका ईस्मा रजस्थलका फुर्से भन्ने वसन्त बि . क. निर्दोष सावित भएको प्रहरी कार्यालयले जानकारी दियो । त्यस्तै गत कार्तिक २६ गते जवर जस्ती करणीको उद्योग गरेको अभियोगमा पक्राउ परेका लिम्घाका एक व्याक्तिलाई प्रहरीले हिरासतमा लिई मुद्धा अगाडी बढाएको छ ।  उक्त दिन राती करिव साढे ११ वजेको समयमा आँपचौरकी ४० वर्षिया एमा ( नाम परिवर्तन ) लाई जवर जस्ती करणी उद्योग गरेको आरोप लागेका लिम्घा ८ का वलबहादुर सारु हिरासतमा रहेका हुन् ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.