"2513058968709111" /> नाईजेरीयामा बोको हरामको घातक आक्रमण भएको अधिकारीहरुको भनाई ।। - अनिश शर्मा गैरे
Breaking News
recent

नाईजेरीयामा बोको हरामको घातक आक्रमण भएको अधिकारीहरुको भनाई ।।

मङ्सिर १३
नाईजेरियामा लगातार हुदैँ आएको आतंककारी हमलाको पछिल्लो घटनामा सयौं सर्वसाधारण मारिएको अधिकारीहरुले जनाएका छन् । उत्तरी कानो शहरको एक मस्जिदमा हिजो गराईएको तीन बम हमलामा अहिलेसम्मकै ठूलो संख्यामा सर्वसाधारण मारिएको बताईएको छ । बम हमलामा मारिनेको यकिन तथ्यांक बाहिर आउन नसकेको भए पनि करिब ४ सय शव मस्जिद बाहिर छरिएर रहेको अनुमान अधिकारीहरुको छ । प्रहरीका अनुसार शहरका अधिकांश अस्पताल अहिले बम हमलामा परेका घाईतेहरुले भरिएका छन् । एक उच्च अधिकारीका अनुसार घटनास्थलमा छरिएका शवहरुलाई उठाएर राख्ने ठाउँको अभाव भएको छ ।   चरमपन्थी बोकोहरामले उक्त आक्रमणको जिम्मा लिएको छ । पछिल्लो समय बोको हरामको आक्रमणबाट २ हजार भन्दा बढिको मृत्यु भएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.