"2513058968709111" /> तोकिएको समयमा संबिधान बन्न नसक्ने राप्रपा नेपालका अध्यक्ष थापाको भनाइ ।। - अनिश शर्मा गैरे
Breaking News
recent

तोकिएको समयमा संबिधान बन्न नसक्ने राप्रपा नेपालका अध्यक्ष थापाको भनाइ ।।

मङ्सिर १३
राप्रपा नेपालका अध्यक्ष कमल थापाले तोकिएको समयमा संबिधान बन्न नसक्ने अबस्था आएको बताएउनु भएको छ । आज नारायण अञ्चल स्तरीय समन्वय बैठकमा हेटौंडा आइपुग्नु भएकाका अध्यक्ष थापाले प्रमुख ३ दल नेपाली कांग्रेस, नेकपा एमाले र एकिकृत नेकपा माओबादिको आपसी मत भिन्नताका कारण संबिधान बन्न नसक्ने अबस्था आएको बताउनु भएको हो । अहिले ३ दलहरुको संख्यात्मक गणितिय दम्भ, मोर्चा बन्दि र निषेधको मानसिकताका कारण संबिधान बन्ने समय सकिंदै गएको उनको भनाई थियो । अधिकांस समय ३ दलको आलोचना गरेका थापाले ३ दलकै कारण बिगतमा पनि गैर राजनितिक ब्यक्तिहरुको हातमा सत्ता गएको थापाको भनाइ थियो । यसैबिच
सूचना तथा सञ्चारमन्त्री डा मिनेन्द्र रिजालले एकिकृत नेकपा माओवादी संविधान निर्माणको मुख्य बाधक रहेको बताउनुभएको छ । एकिकृत माओवादीले चुनावी घोषणा पत्रमा आफैले प्रतिवद्धता  जनाएको कुरा पालना गर्न आलटाल गरिरहेकाले संविधान निर्माण अन्योलमा परेको मन्त्रि रिजालले बताउनुभयो । सामुदायिक रेडियो सुनवलको नवलपरासीको सुनवलमा उद्घाटन गर्दै  मन्त्रि रिजालले संविधान निर्माणको लागि संवैधानिक राजनितिक संबाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले समेत ईच्छा नदेखाएको जिकिर गर्नुभयो । कांग्रेस र एमाले कुनैपनि हालतमा माघ ८ मै संविधान निर्माणको पक्षमा रहेकाले सरकार बाहिर रहेका दलहरुलाई समेत सरकारमा आउन आग्रह गर्नुभयो । सहमतिको आधारमा संविधान निर्माणको लागि अब समय अपुग भएको भन्दै उहाँले दुई तिहाई बहुमतको आधारमा संबिधान निर्माणको लागि दलहरुले खुट्टा कमाउन नहुने बताउनुभयो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.