"2513058968709111" /> बैतडीको कैलपाल गाविस सुदूरपश्चिममै पहिलो साक्षर गाविस घोषणा ।। - अनिश शर्मा गैरे
Breaking News
recent

बैतडीको कैलपाल गाविस सुदूरपश्चिममै पहिलो साक्षर गाविस घोषणा ।।

मङ्सिर १२
बैतडीको कैलपाल गाविस सुदूरपश्चिममै पहिलो साक्षर गाविस घोषणा भएको छ । आज एक कार्यक्रमकाबीच कैलपाल गाविस पूर्ण साक्षर घोषणा भएको हो । सन् २०१५ सम्म नेपाललाई नै पूर्ण साक्षर मुलुक घोषणा गर्ने सरकारी लक्ष्य अनुसार बैतडीको कैलपाल गाविस आज साक्षर गाविसको रुपमा  घोषणा गरिएको हो । पूर्ण साक्षर गाविस घोषणा समारोहलाई सम्बोधनगर्दै बैतडीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बैतडी शैक्षीक क्षेत्रमा सुदुरपश्चिममै अघि रहेको बताउनुभयो । उहाँले सुदुपश्चिममा नै बैतडीले साक्षर गाविस घोषणा गरेर नया उदाहरण पेश गरेको समेत बताउनुभयो । बाजागाजा सहित स्थानीयबासिहरुको उल्लेखीय उपस्थितिमा कैलपाल गाविसलाई पूर्ण साक्षर गाविस घोषणा गरिएको जिल्ला शिक्षा अधिकारी श्याम सिंह धामीले जानकारी दिनुभएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.