"2513058968709111" /> लागु औषधमुक्त बनाउन राष्ट्रिय स्तरको अभियान सुरु ।। - अनिश शर्मा गैरे
Breaking News
recent

लागु औषधमुक्त बनाउन राष्ट्रिय स्तरको अभियान सुरु ।।

मङ्सिर १२
नवलपरासीलाई लागु औषध मुक्त जिल्ला बनाउन राष्ट्रिय स्तरको अभियान आजदेखि सुरु भएको छ । भारतसँग सीमा जोडिएको नवलपरासीका सिमा नाकाहरुबाट खुल्ला सिमानाको फाईदा उठाउँदैँ युवाहरु लागु औषधको ओसारपसार र दुव्र्यसनीमा फस्दै जान थालेपछि जिल्ला प्रहरी कार्यालयले जिल्लालाई लागु औषध मुक्त बनाउन अभियान सन्चालन गरेको हो । अभियानको आज सुनवल नगरपालिकाबाट सुरु गरिएको छ । सुनवल जेसीज र ईलाका प्रहरी कार्यालय सुनवलको समन्वयमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकाी हरिप्रसाद मैनालीले प्रसाशन र प्रहरीमा आउने अधिकांश उजुरीहरु लागु औषधसँग सम्बन्धित हुने गरेकाले नियन्त्रणका लागि अभियान सुरु गरिएको बताउनुभयो । १५ दिनसम्म अभियानमा सडक नाटक प्रदर्शन, सचेतना कार्यक्रम, लागु औषधको स्रोत र प्रयोग स्थानको पहिचान लगायतका कार्यक्रम गरिने नवलपरासी प्रहरी प्रमुख एसपी नलप्रसाद उपाध्यायले बताउनुभयो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.