"2513058968709111" /> तिर्थयात्री चढेको जीप दुर्घटना हुँदा १ को मृत्यु,७ जना घाईते ।। - अनिश शर्मा गैरे
Breaking News
recent

तिर्थयात्री चढेको जीप दुर्घटना हुँदा १ को मृत्यु,७ जना घाईते ।।

मङ्सिर १२
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको रानीगंज ३ मा आज बिहान जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् । सिरहाको मिर्चैयाबाट बाराको गढिमाई मन्दिरमा दर्शन गर्न आउँदै गरेका तिर्थयात्री चढेको ना १ च ८७३१ नम्वरको जीप दुर्घटनामा परेको हो । जीप दुर्घटनामा सिरहाको महेश्वरपुर गाविस वडा नम्वर १ का ५४ वर्षीय दुलारी मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । गम्भीर घाईते दुलारीको उपचारका क्रममा लालबन्दीमा रहेको मोडेल अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा ६० वर्षीय सिंगेश्वर मण्डल, २५ वर्षीय शितकुमारी मण्डल, १६ वर्षीय श्यामसुन्दर मण्डल, ७ वर्षीय बिन्दया मण्डल, ५० वर्षीय कल्याणी मण्डल, ४५ वर्षीय मोदी मण्डल र ५० वर्षीय ककुल्ती मण्डल घाईते हुनु भएको छ । सिंगेश्वर मण्डल बाहेक अरु ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाईते सबैलाई थप उपचारका लागी भरतपुर पठाईएको छ भने सिंगेश्वरको मोडेल अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतीमा रहेको जीप सडक भन्दा उत्तर तर्फ पल्टिएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिनुभयो । दुर्घटनापछि जीप  चालक फरार रहेको प्रहरीले जनाएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.