"2513058968709111" /> नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको प्रधानमन्त्रीको दावी ।। - अनिश शर्मा गैरे
Breaking News
recent

नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको प्रधानमन्त्रीको दावी ।।

मङ्सिर १२
काल प्रधानमन्त्री सुशील कोइरालाले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएकाले लगानी गर्न उद्योगी,व्यवसायीहरुलाई आग्रह गर्नु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान सार्क चेम्बर्स अफ कमर्स एन्ड इन्डष्ट्रिजका पदाधिकारीसँग छलफलगर्दै प्रधानमन्त्री कोइरालाले निर्धक्क भएर लगानी गर्न आग्रह गर्नु भएको हो । नेपालले हालै भारतसँग गरेको  विद्युत् व्यापार सम्झौता, माथिल्लो कर्णाली र अरुण तेस्रो आयोजनाका  आयोजना विकास सम्झौता भएको जानकारी दिदै लगानीको वातावरण बन्दै गएको धारणा कोइरालाले राख्नुभयो । प्रधानमन्त्री कोइरालाले सार्क मुलुककाबीच छिट्टै सडक यातायात र रेल यातायात सम्झौता हुने विश्वास व्यक्त गर्नुभयो । नेपालमा गरिने लगानीको सुरक्षाको प्रत्याभूति गरिने उल्लेख गर्दै प्रधानमन्त्री कोइरालो आगमी माघ ८ गतेको निर्धारित समयभित्रै संविधान जारी हुने दावी पनि गर्नुभयो । सार्क क्षेत्रका उद्यमीहरुले सार्कको अध्यक्ष भएकोमा र सार्कको १८औँ शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न भएकामा प्रधानमन्त्री कोइरालालाई बधाई दिएका थिए  ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.