"2513058968709111" /> सार्क सम्मेलन सफल भएको पराष्ट्रविदहरुको भनाई ।। - अनिश शर्मा गैरे
Breaking News
recent

सार्क सम्मेलन सफल भएको पराष्ट्रविदहरुको भनाई ।।

मङ्सिर १२
पराष्ट्र तथा आर्थिक मामिलाका जानकारहरुले काठमाडौंमा सम्पन्न १८ औं सार्क शिखर सम्मलेन व्यवस्थापकीय, सूरक्षा, कुटनीतिक तथा राजनीतिक हिसावले सफल भएको टिप्पणी गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले राजधानीमा गरेको साक्षात्कार कार्यक्रममा उनीहरुले सार्क क्षेत्रमा मात्रै नभएर विश्व जनसमूदायको माँझमा नै सकारात्मक सन्देश गएको बताएका हुन् ।  प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. दिनेश भट्टराईले नेपालले विशेष परिस्थितिको बावजुद पनि शिखर सम्मेलन अत्यन्त सफलतापूर्वक सम्पन्न गरेको भन्दै आगामी दिनमा सार्कले गति लिने समेत विश्वास व्यक्त गर्नुभयो । पूर्व पराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले व्यवस्थापकीय एवम सूरक्षाको दृष्टिकोणले सम्मेलन अत्यन्तै सफल भएता पनि नेपालको आन्तरिक राजनीति एवम कुटनीतिक अपरिपक्वताका कारणले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने भनिएको काठमाडौं बाहिरका धार्मिक भ्रमणहरुको वारेमा गज्याङ्मज्याङ देखा पर्नु नकारात्मक भएको टिप्पणी गर्नुभयो । फोरम लोकतान्त्रिकका नेता जीतेन्द्र देवले पनि सार्क व्यवस्थापकी क्षमता, कुटनीतिक कौशल र राजनीतिक क्षमताले सफल भएको धारणा राख्नुभयो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.