"2513058968709111" /> सार्क सम्मेलनका लागि आएका सातै देशका राष्ट्र र सरकार प्रमुख स्वदेश फिर्ता ।। - अनिश शर्मा गैरे
Breaking News
recent

सार्क सम्मेलनका लागि आएका सातै देशका राष्ट्र र सरकार प्रमुख स्वदेश फिर्ता ।।

मङ्सिर १२
काठमाडौंमा भएको १८ सार्क शिखर सम्मेलनमा सहभागी हुन आएका सातै देशका राष्ट्र र सरकार प्रमुख स्वदेश फर्किएका छन् । भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र बंगलादेशका प्रधानमन्त्री शेख हसिना आज स्वदेश फर्किनु भएको हो । अरु ५ देशका राष्ट्र र सरकार प्रमुख हिजो साँझ नै स्वदेश फर्किएका थिए । भुटानका प्रधानमन्त्री तोब्गे आज दिउँसो पौने १ बजे थिम्पुका लागि प्रस्थान गर्नु भएको हो, भने बंगलादेशका प्रधानमन्त्री हसिना बिहान साढे १० बजे ढाका प्रस्थान गर्नु भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले भुटानका प्रधानमन्त्रीको बिदाई गर्नु भएको थियो ।  बंगलादेशका प्रधानमन्त्रीको बिदाई उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले गर्नु भएको थियो । सार्क सम्म्ेलनका लागि काडमाडौं आउनु भएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ,श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षे, माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यमिन र अफगानिस्तानका राष्ट्रपति असरफ घानी गएराति नै स्वेदेश फर्कनु भएको थियो । ३६ बुँदे काठमाडौं घोषणपत्र जारीगर्दै सार्क सम्मेलन हिजो सकिएको थियो ।
सार्क सम्मेलनका कारण प्रभावित राजधानीको जनजीवन सामान्य बन्दै गएको छ । अस्ति र हिजो राजधानीका मुख्य सडकहरुमा यातायातका साधन नचल्दा नागरिकको जनजीवन प्रभावित भएको थियो । ७ वटै राष्ट्र र सरकार प्रमुख बसेको स्थानदेखि सार्क सम्मेलनस्थल भृकुटीमण्डपसम्म पुग्न प्रयोग हुने मुख्य सडकमा सवारी साधन नियमति रुपमा चलेका थिएनन् । सरकारले राजधानीमा सवारी साधन सञ्चालनका लागि लागु गरेको जोररविजोरको नियम पनि आज दिउँसो १ बजेबाट हटाएपछि यातायातका साधन चल्न थालेका छन् । महानगरीय ट्राफिक महाशाखा प्रवक्ता एसपी वसन्त पन्तका अनुसार बिभिन्न मुलुकबाट आएका विशेष अतिथीहरु सबै फर्किसकेकाले जोरबिजोरको नियम दिउँसोदेखि हटाइएको हो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.