"2513058968709111" /> लक्ष्मीनारयण महिला कृषि सहकारी सस्ँथाले उत्कृष्ट कृषकलाई सम्मान गर्यो,आज बाटै कृषि तालीम पनि शुरु ।। - अनिश शर्मा गैरे
Breaking News
recent

लक्ष्मीनारयण महिला कृषि सहकारी सस्ँथाले उत्कृष्ट कृषकलाई सम्मान गर्यो,आज बाटै कृषि तालीम पनि शुरु ।।

अनिश गैरे,वामी गुल्मी
मङ्सिर ०६
लक्ष्मी नारायण कृषि महिला सहकारी सस्ंथा लिमिटेड वामीले उत्कृष्ट कृषकहरुलाई आज सम्मान तथा पुरस्कृत गरेको छ ।
 हरेक हप्ताको शनिवार वामी पल्टारमा सञ्चालन हुने हाटबजार कार्यक्रमबाट ५ पटक भन्दा बढि उपस्थित हुने २५ जना कृषकहरुलाई सम्मान तथा पुरस्कृत गरिएका होे । सम्मान पाउने कृषकहरुलाई प्रमाणपत्रले सम्मान गरिएको थियो भने विभिन्न प्रकारका विउविजनहरु समेत प्रदान गरिएको सहकारीकी अध्यक्ष बिजयाकुमारी मल्लले जानकारी दिनुभएको छ ।
 कार्यक्रममा उद्योग बाणिज्य संघ वामीका अध्यक्ष सुदर्शन शाक्यको प्रमुख आतिथ्यता रहेको थियो भने,वामी बिश्व सम्पर्क मञ्चका सचिब सरोजराज बोद्धाचायको विशेष आतिथ्यता रहेको थियो ।सोही कार्यक्रममा लक्ष्मीनारायण प्राबि वामीकी प्रध्यानाध्यापक सरिता कक्षपति,शान्ति समिति वामीका अध्यक्ष रबिन शर्मा पौडेल,समाजसेवी मोहनलाल श्रेष्ठ,ग्रामिण कृषि कार्यकर्ता लक्ष्मण पन्थ उद्योग वाणिज्य सघं वामीका सचिव महेश्वर घिमिरे लगायतको उपस्थिति रहेको थियो । ंसहकारीकी अध्यक्ष दिलकुमारी मल्लको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन सहकारीकी सचिब यमुना घिमिरेले गर्नुभएको थियो । साथै आज बाटै कृषि सहकारी शिक्षा सम्बन्धी २ दिने तालिम पनि संस्थाकै आयोजनामा सुरु भएको छ ।
संस्थाका सेयर सदस्यहरु गरी ४० जना सहभागी रहेको तालिममा आज सहकारी शिक्षा सम्बनधी प्रशिक्षण दिईएको थियो । आज भएको तालीमको सहजीकरण डिभिजन सहकारी सँस्था पाल्पाका,सहकारी निरिक्षक रविन पौड्याल र कम्प्यूटर सहायक अपरेटर चतुर्भज पन्थीले लगायतले गर्नुभएको थियो । तालीम भोली समापन हुने आयोजकले जनाएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.