"2513058968709111" /> शाइन रेसुङ्गा बैंकले ग¥यो नाफामा ८५ प्रतिशतले बृद्धि - अनिश शर्मा गैरे
Breaking News
recent

शाइन रेसुङ्गा बैंकले ग¥यो नाफामा ८५ प्रतिशतले बृद्धि

गुल्मी , मङिसर ०६
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आज एक कार्यक्रम बिच आफ्नो छैठौं बार्षिक साधारण सभा तमघास, गुल्मीमा सम्पन्न गरेको छ । बैंकका अध्यक्ष थानेश्वर पौडेलले बैंकले आ.व. २०६९÷७० को तुलनामा यस आर्थिक बर्षमा २५ करोड ४८ लाख सञ्चालन मुनाफा गरेको जानकारी दिए । साथै, बैंकले आ.व. २०७०÷०७१ को अन्त्य सम्ममा ४ अर्ब ९० करोड ६० लाख निक्षेप संकलन गरी ४ अर्ब ३० करोड १४ लाख लगानी गरेको कुरा जानकारी गराए । सम्पन्न साधारण सभाबाट बैंकका शेयर सदस्यहरुका लागि १२ प्रतिशत नगद लाभाँश र १० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ । मिति २०६९ चैत्र ३ गते साविकको शाइन डेभलपमेण्ट बैंक र रेसुङ्गा विकास बैंक मर्ज भई शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लि.को नाममा सञ्चालनमा आएको हो । नेपाल स्टक एक्सचेञ्ज लि.मा रु. ५४२ प्रति शेयरसम्म कारोवार गरेको यस बैंकले नेपाल मै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ भने आ.व. २०६९÷०७० मा नेपाल सरकारलाई बढी आयकर बुझाउने संस्थाको रुपमा पुरस्कृत समेत भएको थियो । बैंकका अध्यक्ष थानेश्वर पौडेलको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाको सञ्चालन प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले गर्नुभएको थियो भने शेयरधनीहरुले राखेको जिज्ञासाको जवाफ अध्यक्ष पौडेलले दिनुभएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.