"2513058968709111" /> लुम्बिनीमा गोली चल्यो, एकको मृत्यु - अनिश शर्मा गैरे
Breaking News
recent

लुम्बिनीमा गोली चल्यो, एकको मृत्यु

मोस्ट वान्टेड सूचीका भारतीय मारिएको दावी
६ मंसिर, भैरहवा । 
रूपन्देहीको लुम्बिनी नजिकको विष्णुपुरामा प्रहरीको गोली लागि एक भारतीयको मृत्यु भएको छ । मृत्यु हुने भारतीय नागरिक रहेको प्रहरीको दावी छ ।  प्रहरीको गोली लागि थर नखुलेका अन्दाजी ३०–३२ वर्षका सर्फराजको मृत्यु भएको प्रहरीले जनाएको छ ।
नियमित सुरक्षा गस्तीमा रहेको प्रहरी टोलीले हतियार बोकेको ब्यक्तिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागि हतियारधारी ब्यक्तिको मृत्यु भएको प्रहरीको भनार्इ छ । मृतक भारतीय नागरिक मोस्ट वान्टेड सूचीमा रहेको प्रहरीको दावी छ ।
सोही घटनामा संलग्न भएको आशंकामा तीन जना पक्राउ परेका छन् भने एक जना फरार रहेको प्रहरी उपरिक्षक राजेन्द्र ढकालले जानकारी दिए । घटनास्थलबाट दुर्इ थान पेस्तोल तथा एक थान सिक्सर र भारतीय नम्बर प्लेटका दुर्इ मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
विष्णुपुराको भैंसिहा गाउँमा भएको उक्त घटनाको थप विवरण आइसकेको छैन । घटनास्थल लुम्बिनीबाट झण्डै २० किलोमिटर उत्तरतर्फ पर्दछ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आसन्न सार्क शिखर सम्मेलनको बेला लुम्बिनी भ्रमण गर्ने भन्दै सुरक्षा कडा पारिएको बेला घटना घटेको हो । सुरक्षा गस्तीमा रहेको प्रहरीमाथि गोली चलाउँदा प्रहरीले जवाफी फायरिङ् गरेको बताइएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.