"2513058968709111" /> कांग्रेस एमालेलाई हस्ताक्षर र प्रस्ताव फिर्ता लिन विपक्षी मोर्चाको आग्रह ।। - अनिश शर्मा गैरे
Breaking News
recent

कांग्रेस एमालेलाई हस्ताक्षर र प्रस्ताव फिर्ता लिन विपक्षी मोर्चाको आग्रह ।।


मङ्सिर ०८
प्रतिपक्षी एमाओवादी नेतृत्वको २२ दलीय मोर्चाले कांग्रेस एमालेले संविधानका विवादित विषयमाा ल्याएको प्रस्ताव र त्यसपछि संवाद समितिमा पेस गरेको हस्ताक्षर फिर्ता लिन आग्रह गरेको छ । फिर्ता नलिएसम्म सहमतिमा जान नसकिने र सार्क लगत्तै आन्दोलनमा जाने चेतावनी मोर्चाले दिएको छ । आज काठमाण्डुमा पत्रकार सम्मेलन गरि मोर्चाका सयोजक एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेले राजनीतिक मुठभेड निमत्याउन खोजेको आरोप लगाउनुभयो । उहाँले गणतीय हिसावले कांग्रेस एमालेले  पेल्न खोजेको आरोप लगाउनुभयो । अस्ति राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको तीन दलको बैठकमा प्रचार गरिएजस्तो सहमति नभएको पनि प्रचण्डले दावी गर्नुभयो । मधेसी दलहरुको तर्फबाट फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले संविधान नबनेसम्म मधेसी दल सरकारमा नजाने बताउनुभयो । पत्रकार सम्मेलनमासंवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले दलहरुबीचको सहमतिबिना संवाद समितिमा देखिएको गतिरोध अन्त्य गर्न आफू असमर्थ रहेको बताउनुभयो । पत्रकारको प्रश्नमा सभापति भट्टराईले दलहरुबीच सहमति भएपछि मात्रै आफूले संविधानसभामा प्रतिवेदन पठाउने स्पष्ट पार्नुभएको हो । सभापति भट्टराईले दलहरुले अन्तरबस्तुमा अथवा प्रक्रियामा सहमति गरेपछि तत्काल संवाद समितिको बैठक बोलाएर प्रतिवेदन पठाउने जानकारी दिनुभयो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.