"2513058968709111" /> सभागृहमा पहुँच नदिने गरी भइरहेको तयारीप्रति महासंघको ध्यानाकर्षण ।। - अनिश शर्मा गैरे
Breaking News
recent

सभागृहमा पहुँच नदिने गरी भइरहेको तयारीप्रति महासंघको ध्यानाकर्षण ।।


मङ्सिर ०८
नेपाल पत्रकार महासंघले  निजी सञ्चार माध्यमलाई राष्ट्रिय सभागृहमा पहुँच नदिने गरी भइरहेको तयारीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यही मंसिर १० देखि ११ गतेसम्म राजधानी काठमाडौंमा हुन गइरहेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ आंै शिखर सम्मेलनका लागि निजी सञ्चारमाध्यमका फोटो पत्रकार, टेलिभिजनका क्यामरापर्सन र सम्वाददाताहरुलाई मुख्य आयोजनास्थलमा पहुच नदिने सरकारको तयारीका विषयमा ध्यानआकर्षण भएको महासंघले जनाएको छ । आज विज्ञप्ती निकाली महासंघले  शिखर सम्मेलनको अवसरमा हुने उद्घाटन, राष्ट्रप्रमुख एवं सरकार प्रमुखको सम्वोधन लगायतका महत्वपूर्ण कार्यक्रमको समाचार संकलन, तस्बिर संकलन र छायाङ्कनका लागि सहज व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ । विज्ञप्तीमा  प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता भएको मुलुकमा भएको क्षेत्रीय तहको यति ठूलो समारोहमा स्वतन्त्र प्रेसको सहज पहुँचका लागि तत्काल व्यवस्था मिलाउन महासंघ पुनः आग्रह गर्दछ भनिएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.