"2513058968709111" /> नेकपा–माओवादी छोडेको असन्तुष्ट चन्द समूहको घोषणा ।। - अनिश शर्मा गैरे
Breaking News
recent

नेकपा–माओवादी छोडेको असन्तुष्ट चन्द समूहको घोषणा ।।


मङ्सिर ०८
सचिव नेत्रविक्रम चन्द नेतृत्वको असन्तुष्ट समूहले अध्यक्ष मोहन वैद्य लगायत संस्थापन पक्षसँग अलग भएको घोषणा गरेको छ । अध्यक्ष वैद्यलाई असन्तुष्टि सहितको पत्र बुझाएर चन्द पक्षले औपचारिक रुपमा पार्टीबाट अलग भएको घोषणा गरेको हो । नेवा राज्य समितिको कार्यालय कुपन्डोलमा जारी केन्द्रीय समितिको आजको बैठकमा आफूहरुले औपचारिक पत्र बुझाएपछि दिउँसो एक साथ बाहिरिएको असन्तुष्ट समूहका एक नेताले जानकारी दिए ।  अध्यक्ष वैद्यलाई बुझाएको तीन बुँदे पत्रमा क्रान्तिकारी लाइनलाई हेर्ने दृष्टिकोणमा नै फरक परेपछि आजैका मितिदेखि सम्बन्ध विच्छेद गरेको उल्लेख छ । पछिल्लो समय जारी विवाद मिलाउनेभन्दा पनि केन्द्रीय समितिको पूर्ण बैठकमा अध्यक्ष वैद्यले बिचार नमिल्नेहरु पार्टी छोडेर जानसक्ने आशयसहितको प्रतिवेदन पेस गरेर सहमतिको वातावरण झन बिगारेको चन्द पक्षले आरोप लगाएको छ । कुपन्डोलबाट बाहिरिएका असन्तुष्ट नेताहरुको छुट्टै बैठक चावहिलस्थिति चन्दको घरमा बसिरहेको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.