"2513058968709111" /> ग्वालिचौरमा जारी न्वागी मेलाको आज समापन गरियो ।। - अनिश शर्मा गैरे
Breaking News
recent

ग्वालिचौरमा जारी न्वागी मेलाको आज समापन गरियो ।।

अनिश गैरे 
वामी,गुल्मी ,मङिसर ०८



बागलुङको ग्वालिचौरमा जारी न्वागी मेलाको आज समापन गरिएको छ ।
आईतबार समापन गरिने भनिएको मेला पुरुषभलिबल,लगायतका अन्य कार्यक्रमहरु नसकिएपछि आज सम्मका लागि लम्ब्याईएको थियो ।मेलाको उद्घाटन यही मसिंर ४ गते नेपाली काग्रेंस बागलुङ क्षेत्र नं ३ की सभासद ज्ञानकुमारी छन्त्यालले गर्नुभएको थियो ।मेलामा खुल्ला पुरुष भलिबल प्रतियोगीता,लोक दोहोरी गीत प्रतियोगीता,रेकर्ड डान्स प्रतियोगीता,लुठो तान रस्साकस्सी तथा कृषि मेला प्रदर्शनी लगायतका कार्यक्रमहरु सम्पन्न भएका छन् ।
आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगीतामा नगद ७० हजार ७ सय ७७ हात पार्दै कालिका युवा क्लव बुर्तिबाङ प्रथम भएको छ ।त्यस्तै नगद रु ४० हजार ४ सय ४४ हात पार्दै गुल्मी युनाईटेड क्लव गुल्मी द्धितिय भएको छ ।भने भलिबल उत्कृष्ट खेलाडी सञ्जु शाह,अनुशासित खेलाडीतर्फ कालिका युवा क्ल्व बुर्तिबाङका रेसम छन्त्याल र गुल्मी युनाईटेड युवा क्लव गुल्मीका बिजु श्रेष्ठ पुरस्कृत भएका छन् ।उत्कृष्ट हुने समुह एवं खेलाडीहरुलाई प्रमाणपत्र,मेडल र ट्रफिले सम्मान गरिएको थियो ।
आज भएको समापन कार्यक्रममा क्लवका अध्यक्ष रामु घिमिरेको अध्यक्षता रहेको थियो ।भने कार्यक्रममा खार प्रहरी चौकीका ईन्चार्ज लक्ष्मण न्यौपाने,थानापति समाज सेवा युवा क्लव ग्वालिचौरका पूर्व सचिव मोहन जि.सि,पूर्व उपाध्यक्ष काजिमान गौचन,वर्तमान उपाध्यक्ष उत्तम जि.सि,लगायतको उपस्थिति रहेको थियो ।
उक्त अवसरमा मेलालाई भव्य रुपमा सम्पन्न गराउन सहयोग गर्ने सहयोगीदाता एवं चन्दादाताहरुलाई पनि सम्मानित गरिएको थियो ।यसरी मेला सम्पन्न गर्न सञ्चार क्षेत्रबाट योगदान गरेको भन्दै सामुदायिक रेडियो पुष्पाञ्जलीका कार्यकारी प्रमुख कौरव खत्री र कार्यक्रम प्रमुख प्रकाश घिमिरेलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।

अन्तिम दिन सांस्कृतिक प्रस्तुती तर्फ राष्ट्रिय कलाकार विष्णु खत्री,चोलेन्द्र पौड्याल, कालिका रोका, लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहेको आयोजकले जनाएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.